19
मिश्र देशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्र देशतिर आउँदै हुनुहुन्छ । मिश्र देशको मूर्तिहरू उहाँको सामु थरथर काँप्नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्लिनेछन् ,2 "मिश्रीहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मानिसले आफ्नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।3 मिश्र देशको आत्मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तिहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।4 मिश्रीहरूलाई कठोर मालिकको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्य गर्नेछ - यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।5 समुद्रका पानीहरू सुक्नेछन्, अनि नदीहरू सुक्नेछन् र रित्तो हुनेछन् ।6 नदीहरू दूषित हुनेछन् । मिश्र देशका नदीहरू सुक्नेछन् र सुक्खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।7 नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुक्खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।8 जालाहारीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्छी हान्ने सबै जनाले विलाप गर्नेछन्, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन् ।9 बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्नेहरू निराश हुनेछन् ।10 मिश्र देशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।11 सोअनका शासकहरू पूर्ण रूपमा मूर्ख छन् । फारोका सबै भन्दा बुद्धिमान्को सल्लाह व्यर्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्न सक्छौ, "म बुद्धिमान् मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।12 तेरा बुद्धिमान् मानिसहरू कहाँ छन् ? सर्वशक्तिमान् परमप्रभुले मिश्र देशको बारेमा कस्तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् ।13 सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्र देशलाई पथभ्रष्ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।14 परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्र देशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहा जस्तै तिनीहरूले त्यसलाई पथभ्रष्ट बनाएका छन् ।15 मिश्र देशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।16 त्यस दिनमा, मिश्रीहरू स्त्रीहरू जस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्नेछन् र डराउनेछन् ।17 यहूदाको देश मिश्र देशलाई लरखराउने बनाउने कारण बन्नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभीत हुनेछन् ।18 त्यस दिनमा मिश्र देश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यीमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।19 त्यस दिन मिश्र देशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्मारक हुनेछ ।20 मिश्र देशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।21 मिश्र देशले परमप्रभुलाई चिन्नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् । तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पूरा गर्नेछन् ।22 परमप्रभुले मिश्र देशलाई कष्ट दिँदै र निको पार्दै कष्ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।23 त्यस दिनमा मिश्र देशदेखि अश्शूरसम्म जाने एउटा मूल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्र देशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।24 त्यस दिनमा मिश्र देश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्को निम्ति तेस्रो हुनेछ ।25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्नुहुनेछ, "ए मेरा मानिसहरू, मिश्र देश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।"