4
त्‍यस दिन सात जना स्‍त्रीहरूले एक जना पुरुषलाई समात्‍नेछन् र भन्‍नेछन्, “हाम्रो आफ्नै खाना हामी खानेछौँ, हाम्रो आफ्नै लुगा हामी लगाउनेछौँ । तर हाम्रो लाज हटाउनलाई हामीलाई तपाईंको नाउँ लिन दिनुहोस् ।”2 त्‍यस दिन परमप्रभुको हाँगा सुन्‍दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र आनन्‍ददायी हुनेछ ।3 सियोनमा बाँकी छोडिएकाहरू, र यरूशलेममा रहनेहरू पवित्र भनिनेछन्, हरेक जो यरूशलेममा बसिरहेको भनेर लिखिएको छ ।4 जब परमप्रभुले सियोनकी छोरीहरूको मैला धुनुहुनेछ, र फैसलाको आत्मा र आगोको ज्वालाको आत्माले, यरूशलेमको माझबाट रगतका दाखहरू शुद्ध पार्नुहुनेछ, तब यसो हुनेछ ।5 सम्पूर्ण सियोन पर्वतमाथि र त्‍यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्‍ने कुरा हुनेछ ।6 दिनको तापबाट बच्‍नलाई यो नै शीतल छहारी, र हुरी र झरीबाट बच्‍नका निम्ति शरण र छत्र हुनेछ ।