3
हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्ठीः अर्थात् रोटीको सारा आपूर्ति र पानीको सारा आपूर्ति,2 वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र धर्मगुरु,3 पचास जनाका कप्तानहरू र आदरणीय नागरिक, सल्लाहकार, सिपालु कारीगर र निपुण जादूगर हटाउन लाग्नुभएको छ ।4 “युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरू बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।5 हरेक मानिस, एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वारा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणीयलाई चुनौति दिनेछ ।6 एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्नेछ, ‘तिमीसँग कोट छ । हाम्रो शासक होऊ, र यो विनाशको जिम्मा तिमीले लेऊ ।’7 त्यो दिनमा ऊ चिच्याउनेछ र भन्नेछ, ‘म निको पार्ने हुनेछैन । मसँग रोटी वा लुगा छैन । तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ’ ।”8 किनकि यरूशलेमले ठेस खाएको छ र यहूदा ढलेको छ, किनभने तिनीहरूका वचन र कामहरू परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमाको दृष्टिको विरोध गर्छन् ।9 तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्नुहोस् । अनि सदोमले झैँ तिनीहरूले आफ्ना पाप भन्नेछन् । तिनीहरूले त्यो लुकाउनेछैनन् । तिनीहरूलाई धिक्कार ! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पूरा गरेका छन् ।10 धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्ना कामहरूका फल खानेछन् ।11 दुष्टलाई धिक्कार ! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।12 मेरा मानिसहरू - बालबालिकाहरू तिनीहरूका अत्याचारीहरू हुन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्ने कुरा नै अलमलमा पार्नेछन् ।13 दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।14 आफ्ना मानिसहरूका धर्मगुरुहरू र तिनीहरूका अगुवाहरूको विरुद्धमा परमप्रभु न्याय लिएर आउनुहुनेछः “तिमीहरूले दाखबारी विनाश पारेका छौ । गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन् ।15 तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्छौ ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।16 परमप्रभु भन्नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्चले आँखाले, हिँड्दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्छिन् आवाज निकाल्दै हिँड्छन् ।17 यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।18 त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू,19 कुण्डलहरू, बालाहरू, झुम्काहरू,20 शिर ढाक्नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,21 औँठीहरू, नत्थहरू,22 चाडका वस्त्रहरू, पछ्यौराहरू, घुम्टोहरू, हाते-झोलाहरू,23 हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।24 सुगन्धित अत्तरको सट्टामा दुर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ ।25 तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।26 यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भुइँमा बस्नेछ ।