25
तब बिल्दद शुहीले जवाफ दिए र यसो भने,2 "प्रभुत्व र डर उहाँसित छन् । उहाँले स्वर्गमा भएका आफ्नो उच्‍च स्थानहरूमा शान्‍ति कायम गर्नुहुन्छ ।3 के उहाँको फौजको गन्‍ती गर्न सकिन्छ र ? कसमाथि उहाँको ज्‍योति चम्कँदैन र ?4 तब कसरी मानिस परमेश्‍वरसित धर्मी ठहरिन सक्छ त ? स्‍त्रीबाट जन्मेको मानिस कसरी उहाँको सामु शुद्ध, ग्रहणयोग्य हुन सक्छ ?5 हेर्नुहोस्, उहाँलाई चन्‍द्रले पनि उज्‍यालो पार्न सक्दैन । उहाँको दृष्‍टिमा ताराहरू सिद्ध छैनन् ।6 मानिस त झन् नगण्‍य हो, जो एउटा कीरा हो - मानिसको पुत्र त, जो एउटा कीरा हो !"