12
शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्केर आएका पूजाहारीहरू र लेवीहरू यी नै हुन्ः2 सरायाह, यर्मिया, एज्रा, अमर्याह, मल्लूक, हत्तूश,3 शकन्‍याह, रेहूम, मरेमोत,4 इद्दो, गिन्‍नतोन, अबिया,5 मियामीन, मदाहा, बिल्गा,6 शमायाह, योयारीब, यदायाह,7 सल्लू, अमोक, हिल्कियाह र यदायाह । येशूअको समयमा पूजाहारीहरूका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यी नै थिए ।8 लेवीहरूः येशूअ, बिन्‍नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्‍याह । मत्तन्‍याह आफ्ना सहयोगीहरूसँग धन्‍यवाद ज्ञापनका भजनहरूका जिम्मावाल थिए ।9 तिनका सहयोगीहरू बक्बुक्याह र उन्‍नीचाहिँ सेवामा तिनीहरूका सामुन्‍ने उभिन्‍थे ।10 येशूअ योयाकीमका पिता थिए । योयाकीम एल्यासीबका पिता थिए । एल्यासीब योयादाका पिता थिए ।11 योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए ।12 योयाकीमको समयमा यी पूजाहारीहरू आ-आफ्ना परिवारका मुखिया थिएः सरायाहका परिवारका मरायाह, यर्मियाका हनन्‍याह,13 एज्राका मशुल्लाम, अमर्याहका येहोहानान,14 मल्लूकका जोनाथन, शकन्‍याहका योसेफ,15 हारीमका अदना, मरेमोतका हल्कै ।16 इद्दोका जकरिया, गिन्‍नतोनका मशुल्लाम,17 अबियाका जिक्री, मिन्‍यामीन र मोदाहाका पिल्तै,18 बिल्गाका शम्मूअ, शमायाहका यहोनातान,19 योयारीबका मत्तनै, यदायाहका उज्‍जी,20 सल्लूका कल्लै, अमोकका एबेर,21 हिल्कियाहका हशब्याह, यदायाहका नतनेल ।22 एल्यासीब, योयादा, योहानान र यद्दूअका समयका लेवीहरूका परिवारहरू तथा पूजाहारीहरूका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए ।23 लेवी परिवारका मुखियाहरूका नाउँचाहिँ एल्यासीबका छोरा योहानानको पालासम्मै इतिहासको पुस्तकमा लेखिएका थिए ।24 लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्‍थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्‍यवाद दिने गर्थे ।25 मत्तन्‍याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ मूल ढोकानेर भएका भण्डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए ।26 तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्‍यपाल नहेम्याह र पूजाहारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।27 यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्‍यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्‌गी बजाउँदै आनन्‍दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे ।28 यरूशलेम वरिपरिको जिल्ला र नतोपातीहरूका गाउँहरूबाट गायकहरू सँगै भेला भए ।29 तिनीहरू बेथ-गिलगाल, गेबा र अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए ।30 पूजाहारीहरू र लेवीहरूले आ-आफूलाई शुद्ध पारे, अनि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे ।31 तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ, र धन्‍यवाद दिन मैले दुई वटा ठूला-ठूला गायन-झुण्ड नियुक्त गरेँ । एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो ।32 होशयाह र यहूदाका आधा अगुवाहरूले तिनीहरूलाई पछ्याए,33 अनि अजर्याह, एज्रा, मशुल्लाम,34 यहूदा, बेन्‍यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे ।35 साथै, तुरहीहरू बोकेर केही पूजाहारीहरूका छोराहरू र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्‍याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए, तिनीहरू पनि पछि लागे ।36 त्‍यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी पनि परमेश्‍वरका जन दाऊदका साङ्‌गीतिक साधनहरू बोकेर आएका थिए । शास्‍त्री एज्रा सबै भन्‍दा अगाडि थिए ।37 तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सीधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए ।38 धन्‍यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,39 र एफ्राइमको ढोका, येशना ढोका, माछा ढोका, हननेलको बुर्जा र सयको बुर्जादेखि भेडा ढोकासम्म गएपछि तिनीहरू गारदको ढोकामा अडिए ।40 यसरी धन्‍यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्‍वरको मन्‍दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ ।41 त्‍यसपछि पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्‍यामीन, मीकाया, एल्योएनै, जकरिया र हनन्‍याह तुरहीहरू बोकेर आ-आफ्नो स्थानमा बसे ।42 साथै, मासेयाह, शमायाह, एलाजार, उज्‍जी, येहोहानान, मल्कियाह, एलाम र एसेर पनि त्‍यहाँ थिए । गायकहरूले तिनीहरूका अगुवा यिज्रहियाहको निर्देशनमा गाए ।43 त्‍यस दिन तिनीहरूले ठूला-ठूला बलिदानहरू चढाए, र आनन्‍द मनाए, किनकि परमेश्‍वरले तिनीहरूलाई बडो आनन्‍द मनाउन दिनुभएको थियो । स्‍त्रीहरू र बालबालिकाहरूले पनि आनन्‍द मनाए । यसरी यरूशलेमको आनन्‍द टाढा-टाढासम्म सुन्‍न सकिन्‍थ्यो ।44 त्‍यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पूजाहारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पूजाहारीहरू र लेवीहरूबाट प्रसन्‍न भयो जो तिनीहरूका सामु खडा थिए ।45 दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्‍यसै गरे ।46 किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्‍यहाँ परमेश्‍वरको निम्ति प्रशंसासाथै धन्‍यवाद ज्ञापन हुन्‍थ्यो ।47 यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्‍थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्‌ट्‌याउँथे, र लेवीहरूले हारूनका सन्‍तानहरूका निम्ति भाग छुट्‌ट्‌याउँथे ।