11
मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दश जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे ।2 तब राजीखुसीले यरूशलेममा बस्ने दिने सबैलाई मानिसहरूले आशीर्वाद दिए ।3 यरूशलेममा बस्ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पूजाहारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।4 यहूदा कुलका केही सन्तानहरू र बेन्यामीन कुलका केही मानिसहरूचाहिँ यरूशलेममा नै बसे । यहूदाका मानिसहरू यी नै हुन्ः फारेसको परिवारका अतायाह, जो उज्जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्याहका छोरा, जो महलालेलका छोरा थिए ।5 शेलहको परिवारका मासेयाह, जो बारूकका छोरा, जो कोल-होजेका छोरा, जो हजायाहका छोरा, जो अदायाहका छोरा, जो योयारीबका छोरा, जो जकरियाका छोरा थिए ।6 यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए ।7 बेन्यामीनका सन्तानहरू यी नै हुन्ः सल्लू, जो मशुल्लामका छोरा, जो योएदका छोरा, जो पदायाहका छोरा, जो कोलायाहका छोरा, जो मासेयाहका छोरा, जो इथीएलका छोरा, जो यशयाहका छोरा थिए,8 र तिनका पछि लाग्नेहरू गब्बै र सल्लै - सबै जम्मा ९२८ जना थिए ।9 जिक्रीका छोरा योएलचाहिँ तिनीहरूका प्रमुख अधिकृत थिए, र हस्सेनूअका छोरा यहूदा दोस्रो जिल्लाको हेर-विचार गर्ने अधिकृत थिए ।10 पूजाहारीहरूबाटः यदायाह, योयारीबका छोरा, याकीन,11 सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्वरका मन्दिरको देखरेख गर्ने मुख्य अधिकृत अहीतूबका छोरा थिए,12 र मन्दिरको निम्ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्मा ८२२ जना मानिसहरू थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए ।13 तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए - सबै जम्मा २४२ जना थिए । अमाश्शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्लेमोतका छोरा, जो इम्मेरका छोरा थिए,14 र तिनका दाजुभाइहरू जो योग्य मानिसहरू थिए - सबै जम्मा १२८ जना साहसिला लडाकुहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्गदोलीमका छोरा जब्दीएल थिए ।15 लेवीहरूबाटः शमायाह, जो हश्शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्याहका छोरा, जो बुन्नीका छोरा थिए ।16 लेवीहरूका दुई जना अगुवाहरू सब्बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्मावाल थिए ।17 मत्तन्याह, जो मीयकाका छोरा, जो जब्दीका छोरा, जो आसापका छोरा थिए । तिनी स्तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए । तिनका दाजुभाइहरूमध्ये दोस्रो स्थान लिने बक्बुक्याह थिए । अब्दा, जो शम्मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए ।18 पवित्र सहरमा लेवीहरूको सङ्ख्या जम्मा २८४ थियो ।19 द्वारपालहरूः अक्कूब, तल्मोन र तिनीहरूका सहयोगीहरू सबै जम्मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्थे ।20 बाँकी इस्राएलीहरू, पूजाहारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्नै पुर्खाका अधिकारको जग्गामा बसे ।21 मन्दिरका सेवकहरू ओफेल डाँडामा बसे, अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए ।22 यरूशलेममा भएका लेवीहरूका प्रमुख अधिकृतचाहिँ उज्जी थिए, जो बानीका छोरा, जो हशब्याहका छोरा, जो मत्तन्याहका छोरा, जो मीयकाका छोरा थिए । उज्जीचाहिँ आसापका सन्तान थिए । ती आसापका सन्तानहरू परमेश्वरको मन्दिरका सेवाको निम्ति गाउने जिम्मा लिएकाहरू थिए ।23 तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो ।24 मानिसहरूका सबै कामकाजको सम्बन्धमा राजाको तर्फबाट पतहियाह थिए, जो यहूदाका छोरा जेरहका परिवारका मशेजेबेलका छोरा थिए ।25 गाउँहरू र तिनीहरूका खेतहरूको सम्बन्धमा यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका गाउँहरू, अनि दीबोन र त्यसका गाउँहरू, अनि यकब्सेल र त्यसका गाउँहरू,26 येशूअ, मोलादा, बेथ-पालेत,27 हसरशूआल, बेर्शेबा र त्यसका गाउँहरू,28 सिक्लग, मकोना र त्यसका गाउँहरू,29 एन-रिम्मोन, सोरा, यर्मूत,30 जानोह, अदुल्लाम र त्यसका गाउँहरू, लाकीश र त्यसका खेतहरू, र आजेका र त्यसका गाउँहरूमा बसे । यसरी तिनीहरू बेर्शेबादेखि हिन्नोमको बेँसीसम्म देश बसे ।31 बेन्यामीनका गेबाबाटका सन्तानहरूचाहिँ मिकमाश, अय्या, बेथेल र त्यसका गाउँहरू,32 अनातोत, नोब र हननिया,33 हासोर, रामा, गित्तैम,34 हादीद, सबोयीम, नबलत,35 लोद, ओनो र कारिगरहरूको बेँसीमा बसे ।36 यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।