7
पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,2 मैले मेरा भाइ हनानीलाई र किल्लाको निरीक्षण गर्ने हनन्‍याहलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी विश्‍वासयोग्य मानिस थिए, र अरू धेरै भन्‍दा ज्‍यादा परमेश्‍वरदेखि डराउँथे ।3 मैले तिनीहरूलाई भनेँ, “घाम चर्को गरी नलागेसम्म यरूशलेमका मूल ढोकाहरू नखोल्नू । द्वारपालहरू पहरा बस्दा तिमीहरूले ढोकाहरू बन्‍दी गरी आग्ला लगाउनू । यरूशलेममा बस्‍नेहरूबाट केही पहरेदारहरूलाई पहरा बस्‍ने ठाउँमा र केहीलाई चाहिँ तिनीहरूका आफ्नै घरको सामुन्‍ने राख्‍न नियुक्त गर्नू ।”4 अब सहरचाहिँ फराकिलो र विशाल थियो, तर त्‍यसभित्र केही मानिसहरू मात्र थिए, र अझसम्म कुनै पनि घरको पुनर्निर्माण भएको थिएन ।5 मेरा परमेश्‍वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्कनेहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।6 “राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्‍तमा भएका मानिसहरू यी नै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।7 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, नेहूम र बानाहका साथमा आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्याले निम्‍न दिइएकाहरूलाई समेटेको छ ।8 परोशका परिवारका २,१७२ ।9 शपत्‍याहका परिवारका ३७२ ।10 आराका परिवारका ६५२ ।11 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८ ।12 एलामका परिवारका १,२५४ ।13 जत्तूका परिवारका ८४५ ।14 जक्कैका परिवारका ७६० ।15 बिन्‍नूईका परिवारका ६४८ ।16 बेबैका परिवारका ६२८ ।17 अज्गादका परिवारका २,३२२ ।18 अदोनीकामका परिवारका ६६७ ।19 बिग्वैका परिवारका २,०६७ ।20 आदीनका परिवारका ६५५ ।21 हिजकियाबाट आतेरका परिवारका ९८ ।22 हाशूमका परिवारका ३२८ ।23 बेजैका परिवारका ३२४ ।24 हारीपका परिवारका ११२ ।25 गिबोनका परिवारका ९५ ।26 बेथलेहेम र नतोपाका मानिसहरू १८८ ।27 अनातोतका मानिसहरू १२८ ।28 बेथ-अज्मावेतका मानिसहरू ४२ ।29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ ।30 रामा र गेबाका मानिसहरू ६२१ ।31 मिकमाशका मानिसहरू १२२ ।32 बेथेल र ऐका मानिसहरू १२३ ।33 अर्को नेबोका मानिसहरू ५२ ।34 अर्को एलामका मानिसहरू १,२५४ ।35 हारीमका मानिसहरू ३२० ।36 यरीहोका मानिसहरू ३४५ ।37 लोद, हादीद र ओनोका मानिसहरू ७२१ ।38 सेनाहका मानिसहरू ३,९३० ।39 पूजाहारीहरूः यदायाहका परिवारका (येशूअको वंशबाट) ९७३ ।40 इम्मेरका परिवारका १,०५२ ।41 पशहूरका परिवारका १,२४७ ।42 हारीमका परिवारका १,०१७ ।43 लेवीहरूः होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४ ।44 गायकहरूः आसापका परिवारका १४८ ।45 द्वारपालहरूः शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, शोबैका परिवारहरूका जम्मा १३८ ।46 मन्‍दिरका सेवकहरूः सीहा, हसूपा, तब्बाओत,47 कोरेस, सीआ, पादोन,48 लेबाना, हगाबा, शल्मै,49 हानान, गिद्देल, गहर ,50 रायाह, रसीन, नकोदा,51 गज्‍जाम, उज्‍जा, पसेह,52 बेजै, मोनिम, नेपुसीम,53 बक्बूक, हकूपा, हर्हुर,54 बस्लूत, महीदा, हर्शा,55 बर्कोस, सीसरा, तेमह,56 नसीह, र हतीपाका परिवारहरू57 सोलोमनका सेवकहरूका सन्‍तानः सोतै, सोपेरेत, पारीद,58 याला, दर्कोन, गिद्देल,59 शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू ।60 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्मा ३९२ ।61 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्मेर सहरबाट आएकाहरूले आफ्ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन् भनी बताउन सकेनन् । यी हुन्ः62 दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्मा ६४२ ।63 पूजाहारीहरूबाटः होबायाहका परिवार, हक्कोसका परिवार, र बर्जिल्लैका परिवार (तिनले गिलादी बर्जिल्लैका छोरीहरूमध्‍ये एउटीलाई विवाह गरी तिनीहरूकै नाउँ राखे) ।64 तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्‍यसैले तिनीहरूलाई अशुद्ध ठानी पूजाहारीको कामबाट निष्कासन गरियो ।65 पूजाहारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्‍यपालले तिनीहरूलाई बताए ।66 सम्पूर्ण मानिसहरूको सङ्ख्या ४२,३६० थियो ।67 यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।68 तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५,69 ऊँट ४३५ र गधा ६,७२० थिए ।70 परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्‍यपालले भण्डारमा १,००० सुनका सिक्का, ५० कचौरा र पूजाहारीहरूले लगाउने ५३० वटा पोशाकहरू दिए ।71 परिवारका केही कामको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्का र २,२०० चाँदीका सिक्का दिए ।72 बाँकी मानिसहरूले २०,००० सुनका सिक्का, २,००० चाँदीका सिक्का र पूजाहारीले लगाउने ६७ वटा पोशाकहरू दिए ।73 यसरी पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्‍दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”