8
सोलोमनले परमप्रभुको मन्‍दिर र आफ्नो राजमहल निर्माण गरेका बीस वर्षको समयको अन्‍तमा यस्तो भयो,2 हीरामले सोलोमनलाई दिएका सहरहरूका तिनले पुनर्निर्माण गरे र तिनमा इस्राएलका मानिसहरूलाई तिनले बसाले ।3 सोलोमनले हमात-सोबालाई आक्रमण गरे र त्‍यसलाई हराए ।4 तिनले उजाडस्थानमा तदमोर र सबै भण्डारणका सहरहरूको पुनर्निर्माण गरे जसलाई तिनले हमातमा बनाए ।5 तिनले माथिल्लो बेथ होरोन र तल्लो बेथ होरोनलाई पर्खालहरू, ढोकाहरू र बारहरू लगाएर किल्लाबन्‍दी गरे ।6 तिनले बालात र आफूसँग भएका भण्डारणका सबै सहरहरू र आफ्ना रथहरूका लागि सबै सहरहरू र घोडाचडीहरूका निम्ति सहरहरू र यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्‍यमा सारा देशभरि आफूले जे इच्‍छा गरे त्‍यो तिनले बनाए ।7 हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू, जो इस्राएलका थिएनन्,8 तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्‍तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन् - सोलोमनले तिनीहरूलाई ज्‍यालाबिनाका श्रमिक बनाए, जसमा तिनीहरू आजको दिनसम्मै रहेका छन् ।9 तापनि सोलोमनले इस्राएलका मानिसहरूलाई ज्‍यालाबिनाका श्रमिक बनाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, सेनापतिहरू, अधिकारीहरू, अनि सारथि र घोडचढीका सेनापतिहरू भए ।10 सोलोमनका निरीक्षकहरूका मुख्य अधिकारीहरू यिनैमध्‍येबाट भए जो 250 जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे ।11 सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्ति बनाएको महलमा ल्याए, किनकि तिनले भने, “मेरी पत्‍नी इस्राएलका राजा दाऊदको महलमा बस्‍नेछैनन्, किनभने परमप्रभुको सन्‍दूक ल्याइएका ठाउँहरू पवित्र छन् ।”12 तब सोलोमनले दलानको अगाडिपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्ति होमबलिहरू चढाए ।13 दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औँसी र वर्षेनी तीन पल्ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमोजिम तिनले चढाए ।14 आफ्ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पूजाहारीका दलहरूलाई आ-आफ्ना काममा र लेवीहरूलाई चाहिँ परमेश्‍वरको स्तुति गर्ने र पूजाहारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्‍वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।15 पूजाहारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा, वा भण्डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् ।16 परमप्रभुका मन्‍दिरको जग बसालेदेखि त्‍यो पूरा नभएसम्म सोलोमनले आज्ञा गरेका सबै काम सम्पन्‍न भएको थियो । परमप्रभुको मन्‍दिर बनाउने काम सकियो ।17 त्‍यसपछि सोलोमन एदोम देशको किनारमा भएको एस्योन-गेबेर र एलातमा गए ।18 अनि हीरामले समुद्रको बारेमा जानकारी भएका मानिसहरूसहितका आफ्ना अधिकारीहरूका अधीनमा रहेका पानी जहाजहरू पठाइदिए र सोलोमनका सेवकहरूका साथमा तिनीहरू ओपीरमा गए र तिनीहरूले त्‍यहाँबाट सोह्र टन सुन ल्याए र त्‍यो सोलोमन राजालाई दिए ।