1
आदम, शेत, एनोश,2 केनान, महलालेल, येरेद,3 हनोक, मतूशेलह, लेमेख ।4 नोआका छोराहरू शेम, हाम र येपेत थिए ।5 येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।6 गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।7 यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।8 हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।9 कूशका छोराहरू सेबा, हवीला, सब्त, रामाह र सब्तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।10 कूशचाहिँ निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।11 मिश्रइमचाहिँ लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू,12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।13 कनानचाहिँ तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।14 तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,15 हिव्वीहरू, अरकीहरू, सिनीहरू,16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।17 शेमका छोराहरू एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।20 योक्तानचाहिँ अल्मोदद, शेलेप, हसर्मवित, येरह,21 हदोरम, ऊजाल, दिक्ला,22 ओबाल, अबमाएल, शेबा,23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्‍तति थिए ।24 शेम, अर्पक्षद, शेलह,25 एबेर, पेलेग, रऊ,26 सरूग, नाहोर, तेरह,27 अब्राम जो अब्राहाम थिए ।28 अब्राहामका छोराहरू इसहाक र इश्माएल थिए ।29 तिनीहरूका सन्‍तान यी नै हुन्ः इश्माएलका जेठा नबायोत, त्‍यसपछि केदार, अदबेल, मिब्साम,30 मिश्मा, दुमा, मस्सा, हदद, तेमा,31 यतूर, नापीश र केदमा । यिनीहरू इश्माएलका छोराहरू थिए ।32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।33 मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।34 अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।36 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।37 रूएलका छोराहरू नहत, जेरह, शम्मा र मिज्‍जा थिए ।38 सेइरका छोराहरूः लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।39 लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो ।40 शोबालका छोराहरू अल्बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्या र अना थियो ।41 अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए ।42 एसेरका छोराहरू बिल्हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।43 इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नु भन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्हावा थियो ।44 बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।45 योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।46 हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।47 हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्ला राजा भए ।48 सम्ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।49 शौल मरेपछि तिनको ठाउँमा अक्बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्‍य गरे ।50 अक्बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्‍य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन् ।51 हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्वा, प्रधान यतेत,52 प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,53 प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,54 प्रधान मग्दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।