2
इस्राएलका छोराहरू यी नै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून,2 दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।3 यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन् । यहूदाका जेठा छोरा एर् परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।4 तिनकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्‍माइन् । यहूदा जम्मा पाँच जना छोराहरू थिए ।5 फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।6 जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्मा पाँच जना थिए ।7 कर्मीका छोरा आचारले परमेश्‍वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्‍ट ल्याए ।8 एतानका छोरा अजर्याह थिए ।9 हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।10 राम अम्मीनादाबका पिता बने, र अम्मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए ।11 नहशोन सल्मोनका पिता बने, र सल्मोन बोअजका पिता बने ।12 बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।13 यिशैचाहिँ जेठा एलीआब, माहिला अबीनादाब, साहिँला शिमेअ,14 काहिँला नतनेल, ठाहिँलो राद्दै,15 अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने ।16 तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।17 अबीगेलले अमासालाई जन्‍माइन्, जसका पिता इश्माएली येतेर थिए ।18 हेस्रोनका छोरा कालेब आफ्नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरूका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।19 अजूबाको मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्‍माइन् ।20 हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।21 पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्ति सगूबलाई जन्‍माइन् ।22 सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।23 गशूर र अरामले हब्बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए ।24 हेस्रोनको मृत्‍युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्ति तकोका पिता अशहूरलाई जन्‍माइन् ।25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए ।26 यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन् ।27 यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए ।28 ओनामका छोराहरू शम्मै र यादा थिए । शम्मैका छोराहरू नादाब र अबीशूर थिए ।29 अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्ति अहबान र मोलीदलाई जन्‍माइन् ।30 नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्‍तानबिना नै मरे ।31 अप्‍पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए ।32 शम्मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे ।33 जोनाथनका छोराहरू पेलेथ र जाजा थिए । यरहमेलका सन्‍तानहरू यी नै थिए ।34 अब शेशानका चाहिँ छोरीहरू मात्र थिए, छोराहरू थिएनन् । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।35 शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्‍यसको निम्ति अत्तैलाई जन्‍माइन् ।36 अत्तै नातानका पिता र नातान जाबादका पिता बने ।37 जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।38 ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।39 अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।40 एलासा सिस्मैका पिता बने र सिस्मै शल्लूमका पिता बने ।41 शल्लूम यकम्याहका पिता बने र यकम्याह एलीशामाका पिता बने ।42 यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।43 हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए ।44 शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्मैका पिता बने ।45 शम्मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए ।46 कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्‍माइन् । हारान गाजेजका पिता बने ।47 यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।48 कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्‍माइन् ।49 तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन् । कालेबकी छोरी अक्सा थिइन् । कालेबका सन्‍तान यी नै थिए ।50 एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल,51 बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप थिए ।52 किर्यत-यारीमका पिता शोबालका सन्‍तानहरू हारोए, मानहतीहरूका आधा,53 र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्तोलीहरू यिनीहरूका सन्‍तान भए ।54 सल्माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू,55 अनि याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू तिरातीहरू, शिम्मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्मतबाट आएका केनीहरू हुन् ।