3
हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्ः यिजरेलकी अहीनोमबाट जेठा छोरा अमनोन, कर्मेलकी अबीगेलबाट माहिला दानिएल भए ।2 साहिँला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जो हग्गीतका छोरा थिए ।3 अबीतलबाट ठाहिँला शपत्याह थिए, र तिनकी पत्नी एग्लाबाट कान्छा यित्राम भए ।4 यी छ जनाचाहिँ दाऊदको लागि हेब्रोनमा जन्मेका थिए, जहाँ दाऊदले सात वर्ष छ महिना राज्य गरे । त्यसपछि तिनले यरूशलेममा तेत्तीस वर्ष राज्य गरे ।5 शम्मूअ, शोबाब, नातान र सोलोमन चार जना अम्मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्मेका थिए ।6 दाऊदका अरू नौ जना छोराहरू यिभार, एलीशूअ, एलीपेलेत,7 नोगह, नेपेग, यापी,8 एलीशामा, एल्यादा र एलीपेलेत थिए ।9 दाऊदका छोराहरू यी नै थिए, जसमा उपपत्नीहरूका छोराहरू समावेश छैनन् । तामार तिनीहरूकी बहिनी थिइन् ।10 सोलोमनका छोरा रहबाम थिए । रहबामका छोरा अबिया थिए । अबियाका छोरा आसा थिए । आसाका छोरा यहोशापात थिए ।11 यहोशापातका छोरा यहोराम थिए । यहोरामका छोरा अहज्याह थिए । अहज्याहका छोरा योआश थिए ।12 योआशका छोरा अमस्याह थिए । अमस्याहका छोरा अजर्याह थिए । अजर्याहका छोरा योताम थिए ।13 योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्शे थिए ।14 मनश्शेका छोरा अमोन थिए । अमोनका छोरा योशियाह थिए ।15 योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह, र कान्छा शल्लूम थिए ।16 यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए ।17 कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल,18 मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह थिए ।19 पदायाहका छोराहरू यरुबाबेल र शिमी थिए । यरुबाबेलका छोराहरू मशुल्लाम र हनन्याह थिए । तिनीहरूकी बहिनी शलोमीत थिइन् ।20 तिनका अरू पाँच जना छोराहरू हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद थिए ।21 हनन्याहका छोराहरू पलत्याह र यशयाह थिए । तिनको छोरा रपायाह थिए र अन्य सन्तानहरू अर्नान, ओबदिया र शकन्याह थिए ।22 शकन्याहका छोरा शमायाह थिए । शमायाहका छोराहरू हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात थिए ।23 नार्याहका छोराहरू एल्योएनै, हिस्कियाह र अज्रीकाम थिए ।24 एल्यहोएनैका छोराहरू होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।