25
दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्‌गी र झ्यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः2 आसापका छोराहरूबाटः जक्कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले ।3 यदूतूनका छोराहरूबाटः गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्‍याह, आफ्ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्तुति गर्नको निम्ति वीणा बजाउँथे ।4 हेमानका छोराहरूबाटः बुक्कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत ।5 यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सीङलाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तीन छोरीहरू दिनुभयो ।6 तिनीहरू सबै आफ्ना पिताहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्‌गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्याली, सारङ्‌गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिँ राजाको सुपरिवेक्षणमा थिए ।7 सङ्‌गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइहरूको सङ्ख्‍या २८८ जना थियो ।8 जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे ।9 अब आसापका छोराहरूको विषयमाः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो । दोस्रो चिट्ठा गदल्याहको परिवारलाई पर्‍यो, जम्मा १२ जना,10 तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र आफन्‍तलाई पर्‍यो, जम्मा १२ जना,11 चौथो यिस्री र तिनका छोराहरू र आफन्‍तलाई पर्‍यो, जम्मा १२ जना,12 पाँचौँ नतन्‍याह र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,13 छटौँ बुक्कियाह र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,14 सातौँ यसरेला र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,15 आठौँ यशयाह र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,16 नवौँ मत्तन्‍याह र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,17 दशौँ शिमीका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा बाह्र जना,18 एघारौँ अज्रेल र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,19 बाह्रौँ हशब्याह र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,20 तेह्रौँ शूबाएल र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,21 चौधौँ मत्तित्‍याह र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,22 पन्‍ध्रौँ यरीमोत र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,23 सोह्रौँ हनन्‍याह र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,24 सत्रौँ योश्बाकाशा र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,25 अठारौँ हनानी र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,26 उन्‍नाईसौँ मल्लोती र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,27 बीसौँ एलीआता र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,28 एक्काईसौँ होतीर र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,29 बाईसौँ गिद्दलती र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,30 तेईसौँ महजीओत र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना,31 चौबीसौँ रोममती-एजेर र तिनका छोराहरू र आफन्‍तहरूलाई पर्‍यो, जम्मा १२ जना ।