24
हारूनका सन्‍तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।2 नादाब र अबीहू आफ्ना पिताको मृत्‍यु हुनु भन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्‍तान थिएनन्, त्‍यसैले एलाजार र ईतामारले पूजाहारीहरूको रूपमा सेवा गरे ।3 दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पूजाहारीहरूका काम विभाजन गरे ।4 ईतामारको सन्‍तानका बीचमा भन्‍दा एलाजारका सन्‍तानमा धेरै अगुवाहरू थिए, त्‍यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन तिनीहरूका वंशहरूअनुसार आठ वटा थियो ।5 तिनीहरूले पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानहरूमध्‍येबाट तिनीहरू पवित्रस्थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।6 नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पूजाहारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालोपालो गरी एक-एक परिवारको चिट्ठा तानियो ।7 पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,8 तेस्रो हारीमको, चौथो सोरीमको,9 पाँचौँ मल्कियाहको, छटौँ मियामीनको,10 सातौँ हक्कोसको, आठौँ अबियाको,11 नवौँ येशूअको, दशौँ शकन्‍याहको,12 एघारौँ एल्यासीबको, बाह्रौँ याकीमको,13 तेह्रौँ हुप्‍पाको, चौधौँ येशेबाबको,14 पन्‍ध्रौँ बिल्गाको, सोह्रौँ इम्मेरको,15 सत्रौँ हेजीरको, अठारौँ हप्‍पिसेसको,16 उन्‍नाईसौँ पतहियाहको, बीसौँ यहेजकेलको,17 एक्काईसौँ याकीनको, बाईसौँ गमूएलको,18 तेईसौँ दलायाहको र चौबीसौँ माज्‍याहको नाउँमा निस्क्यो ।19 परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्नो सेवाको कामको क्रम यही थियो ।20 बाँकी लेवीका सन्‍तानहरू यी नै थिएः अम्रामका छोराहरूबाटः शूबाएल; शूबाएलका छोराहरूबाट येहदयाह ।21 रहब्याहका छोराहरूबाटः अगुवा यिशियाह ।22 यिसहारबाटः शलोमोत, शलोमोतबाटः यहत ।23 हेब्रोनका छोराहरूः अगुवा यरियाह, माइला अमर्याह, साहिँला यहासेल, कान्‍छा यकमाम ।24 उज्‍जीएलका छोरा मीका; मीकाका छोराहरूबाटः शामीर ।25 मीकाका भाइः यिश्याह । यिश्याहका छोराहरूबाटः जकरिया ।26 मरारीका छोराहरूः महली र मूशी । यजियाहका छोराबाटः बनो ।27 यजियाहबाट मरारीका छोराहरूः बनो, शोहम, जक्कूर र इब्री ।28 महलीबाटः एलाजार, जसका छोराहरू थिएनन् ।29 कीशबाटः कीशका छोराः यरहमेल ।30 मूशीका छोराहरूः महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यी नै थिए ।31 आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैँ चिट्ठा हाले ।