7
इस्साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।2 तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल थिए । तोलाका सन्‍तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बीचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको सङ्ख्‍या २२,६०० थियो ।3 उज्‍जीका छोरा यिज्‍यहि थिए । यिज्‍यहिका छोराहरू मिखाएल, ओबदिया, योएल र यिश्याह थिए । यी पाँच जना सबै वंशका मुखियाहरू थिए ।4 तिनीहरूका साथै, तिनीहरूको वंशावलीअनुसार युद्ध गर्नलाई छत्तीस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।5 इस्साखारका सबै वंशहरूका कुटुम्‍बहरूबाट तिनीहरूको वंशावलीमा सूचीकृत भएअनुसार वीर योद्धाहरूको सङ्‌ख्‍या सतासी हजार थियो ।6 बेन्‍यामीनका तीन जना छोराहरू बेला, बेकेर र येदीएल थिए ।7 बेलाका पाँच छोराहरू यसम्बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको सङ्ख्‍या २२,०३४ थियो ।8 बेकेरका छोराहरू जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबिया, अनातोत र आलेमेत थिए । यी सबै तिनका छोराहरू थिए ।9 तिनीहरूका पुर्खाका घरानाहरूका वंशहरूका मुखियाहरू, वीर योद्धाहरूको सङ्ख्या २०,२०० थियो ।10 येदीएलका छोरा बिल्हान थिए । बिल्हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।11 यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।12 शुप्‍पीहरू र हुप्‍पीहरू इरका छोराहरू थिए, र हुशीहरू अहेरका छोराहरू थिए ।13 नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्लेम थिए । यी बिल्हाका नातिहरू थिए ।14 मनश्शेका अस्रीएल नाम गरेका छोरा थिए, जसलाई अरामी उपपत्‍नीले जन्‍माएकी थिइन् । (तिनले गिलादका पिता माकीरलाई जन्‍माइन् ।15 माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो ।) मनश्शेका अर्का सन्‍तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए ।16 माकीरकी पत्‍नी माकाले एउटा छोरो जन्‍माइन् र तिनको नाउँ तिनले पेरेश राखिन् । तिनका भाइको नाउँ शेरेश थियो, र तिनका छोराहरू ऊलाम र राकेम थिए ।17 ऊलामका छोरा बदान थिए । मनश्शेका नाति माकीरका छोरा गिलादका सन्‍तानहरू यी नै थिए ।18 गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्‍माइन् ।19 शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।20 एफ्राइमका सन्‍तानहरू यस प्रकार थिएः एफ्राइमका छोरा शूतेहल थिए । शूतेहलका छोरा बेरेद थिए । बेरेदका छोरा तहत थिए । तहतका छोरा एलादा थिए । एलदका छोरा छोरा तहत थिए ।21 तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिँ गातका मानिसहरूका गाईवस्तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे ।)22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्‍त्वना दिन आए ।23 तिनले आफ्नी पत्‍नीसित सहवास गरे । तिनी गर्भवती भइन् र एउटा छोरा जन्‍माइन् । त्‍यसको नाउँ एफ्राइमले बरीआ राखे, किनभने तिनको परिवारमा दुःख आएको थियो ।24 तिनकी छोरी शेराह थिइन्, जसले तल्लो र माथिल्लो बेथ-होरोन अनि उज्‍जेन-शेराह बनाइन् ।25 तिनका छोरा रपाह थिए । रपाहका छोरा रेशेप थिए । रेपेशका छोरा तेलह थिए । तेलहका छोरा तहन थिए ।26 तहनका छोरा लादान थिए । लादानका छोरा अम्मीहूद थिए । अम्मीहूदका छोरा एलीशामा थिए ।27 एलीशामाका छोरा नून थिए । नूनका छोरा यहोशू थिए ।28 तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका वरिपरीका गाउँहरू थिए । तिनीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्तीहरू, र शकेम र त्‍यसका बस्तीहरू अय्याह र त्‍यसका बस्तीहरूसम्म फैलिए ।29 मनश्शेको सिमानामा बेथ-शान र त्‍यसका गाउँहरू, तानाक र त्‍यसका गाउँहरू, मगिछो र त्‍यसका गाउँहरू र दोर र त्‍यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्‍तानहरू बसोबास गरे ।30 आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन् ।31 बरीआका छोराहरू हेबेर र बिर्जेतका पिता मल्कीएल थिए ।32 हेबेरका छोराहरू यप्लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।33 यप्लेतका छोराहरू पासक, बिम्हाल र अश्‍वात थिए । यिनीहरू यप्लेतका सन्‍तान थिए ।34 यप्लेतका भाइ शोमेरका छोराहरू अही, रोहगा, हूब्बा र अराम थिए ।35 शोमेरका भाइ हेलेमका छोराहरू सोपह, यिम्‍न, शेलेश र आमाल थिए ।36 सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,37 बेसेर, होद, शामा, शिल्शा, यित्रान र बीरा थिए ।38 येतेरका छोराहरू यपुन्‍ने, पिस्पा र अरा थिए ।39 उल्लाका छोराहरू आरा, हन्‍नीएल र रिसिया थिए ।40 यी सबै आशेरका सन्‍तानहरू थिए । तिनीहरू वंश पुर्खाहरू, पिताका घरानाहरूका मुखियाहरू, विशिष्‍ट मानिसहरू, योद्धाहरू, र अगुवाहरूका मुखिया थिए । तिनीहरूको वंशावलीको सूचीअनुसार सेनाको लागि योग्य मानिसहरूको सङ्ख्‍या छब्‍बीस हजार थियो ।