8
बेन्‍यामीनका पाँच छोराहरूमा जेठा बेला, अश्बेल, अहरह,2 नोहा र रफाका थिए ।3 बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,4 अबीशू, नामान, अहोह,5 गेरा, शपूपान र हुराम थिए ।6 एहूदका सन्‍तानहरू, जो गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू थिए, जो मानहतमा बसाइँ सर्न बाध्‍य पारिएका थिए, तिनीहरू यी नै हुन्ः7 नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए ।8 आफ्ना पत्‍नीहरू हुशीम र बारासित सम्बन्धविच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीहरूका पिता बने ।9 सहरेम आफ्नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्काम,10 यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यी नै थिए ।11 तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्पालका पिता भइसकेका थिए ।12 एल्पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) ।13 बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्यालोनमा बस्‍नेहरूका पिताहरूका घरानाका मुखियाहरू थिए ।14 बरीआका छोराहरू यी नै थिएः अहियो, शाशक, यरेमोत,15 जबदियाह, आराद, एदेर,16 मिखाएल, यिश्पा र योहा बरीआका छोराहरू थिए ।17 एल्पालका छोराहरू यी नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,18 यिश्मरै, यिज्लीअ, र योबाब ।19 शिमीका छोराहरू यी नै थिएः याकीम, जिक्री, जब्दी,20 एलीएनै, सिल्लतै, एलीएल,21 अदायाह, बरायाह र शिम्रात ।22 शाशकका छोराहरू यी नै थिएः यिश्पान, एबेर, एलीएल,23 अब्दोन, जिक्री, हानान,24 हनन्‍याह, एलाम, अन्‍तोतियाह,25 यिपदिया र पनूएल ।26 यरोहामका छोराहरू यी नै थिएः शम्शरै, सहर्याह, अतल्याह,27 यारेश्याह, एलिया र जिक्री ।28 यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्य मानिसहरू थिए ।29 गिबोनका पिता यीएलचाहिँ गिबोनमा बस्थे, तिनकी पत्‍नीको नाउँ माका थियो ।30 तिनका जेठा छोरा अब्दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,31 गदोर, अहियो, र जेकेर, थिए ।32 यीएलका अर्का छोरा मिक्लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्‍तहरूका नजिक बस्थे ।33 नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए ।34 जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।35 मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।36 आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।37 मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।38 आसेलका छ जना छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।39 तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए ।40 ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै छोराहरू र नातिहरू थिए जो जम्‍मा १५० जना थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।