6
लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।2 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।3 अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।4 एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।5 अबीशू बुक्कीका पिता भए, बुक्की उज्जीका पिता भए ।6 उज्जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।7 मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।8 अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।9 अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।10 योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्दिरमा सेवा गरे ।11 अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।12 अहीतूब सादोकका पिता भए, र सादोक शल्लूमका पिता भए ।13 शल्लूम हिल्कियाहका पिता भए, र हिल्कियाह अजर्याहका पिता भए ।14 अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।15 परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।16 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।17 गेर्शोनका छोराहरू लिब्नी र शिमी थिए ।18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।19 मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन् ।20 गेर्शोनका सन्तानहरूः तिनका छोरा लिब्नी थिए । लिब्नीका छोरा येहाथ थिए । तिनका छोरा जिम्माह थिए ।21 तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।22 कहातका सन्तानहरूः तिनका छोरा अम्मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्सीर थिए ।23 तिनका छोरा एल्काना थिए । तिनका छोरा एब्यासाप थिए । तिनका छोरा अस्सीर थिए ।24 तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्जियाह थिए । तिनका छोरा शौल थिए ।25 एल्कानाका छोराहरू अमासै, अहीमोत,26 अनि एल्काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत,27 तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्काना थिए ।28 शमूएलका छोराहरू जेठा योएल र कान्छा अबिया थिए ।29 मरारीका छोरा महली थिए । तिनका छोरा लिब्नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्जाह थिए ।30 तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्गियाह थिए । तिनका छोरा असायाह थिए ।31 सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन् ।32 सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाएसम्म पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।33 आ-आफ्ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।34 शमूएल एल्कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए ।35 तोह सूपका छोरा थिए । सूप एल्कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्कानाका छोरा थिए ।36 एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्याहका छोरा थिए ।37 समपन्याह तहतका छोरा थिए । तहत अस्सीरका छोरा थिए । अस्सीर एब्यासापका छोरा थिए । एब्यासाप कोरहका छोरा थिए ।38 कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।39 हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्थे । आसाप बेरेक्याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।40 शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्कियाहका छोरा थिए ।41 मल्कियाह एत्नीका छोरा थिए । एत्नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए ।42 अदायाह एतानका छोरा थिए । एतान जिम्माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए ।43 शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।44 हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्दीका छोरा थिए । अब्दी मल्लूकका छोरा थिए ।45 मल्लूक हशब्याहका छोरा थिए । हशब्याह अमस्याहका छोरा थिए । अमस्याह हिल्कियाहका छोरा थिए ।46 हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।47 शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।48 तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्वरको मन्दिरमा भएको पवित्र वासस्थानका सबै कामको जिम्मा दिइयो ।49 हारून र तिनका सन्तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । इस्राएलका पापका लागि प्रायश्चित गर्नलाई परमेश्वरका दास मोशाका आज्ञाअनुसार यी भेटीहरू चढाइए ।50 हारूनका सन्तान निम्नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।51 अबीशूका छोरा बुक्की थिए । बुक्कीका छोरा उज्जी थिए । उज्जीका छोरा जरयाह थिए ।52 जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए ।53 अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।54 हारूनका सन्तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन् (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।55 उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्यसका खर्कहरू दिए,56 तर त्यस सहरका खेतबारी र त्यसका गाउँहरूचाहिँ तिनीहरूले यपुन्नेका छोरा कालेबलाई दिए ।57 हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्थानको सहर) र खर्कहरूसहित लिब्ना, यत्तीर, र खर्कहरूसहित एश्तमो,58 खर्कहरूसहित हीलन, खर्कहरूसहित दबीर दिए ।59 अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए ।60 अनि बेन्यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्मा तेह्र वटा थिए । यी सहरहरू कहातीहरूका तेह्र वंशहरूको माझमा बाँडियो ।61 कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।62 गेर्शोनका सन्तानहरूलाई तिनीहरूका वंशहरूमा इस्साखार, आशेर, नप्ताली र बाशानमा भएको मनश्शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।63 मरारीका सन्तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।65 माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिट्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।66 कहातीहरूका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।67 तिनीहरूलाई एफ्राइमको पहाडी देशमा खर्कहरूसहित शकेम (शरणस्थानको सहर), खर्कहरूसहित गेजेर,68 खर्कहरूसहित योक्माम र खर्कहरूसहित बेथ-होरोन,69 खर्कहरूसहित अय्यालोन र खर्कहरूसहित गात-रिम्मोन दिइयो ।70 मनश्शेको आधा कुलले कहातका बाँकी वंशहरूलाई खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम दिए । यी जमिनहरू बाँकी कहाती वंशका सम्पत्ति बने ।71 गेर्शोनीहरूलाई मनश्शेका आधा कुलबाट तिनीहरूले खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्तारोत दिए ।72 इस्साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत,73 खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए ।74 इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्दोन,75 खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्त गरे ।76 तिनीहरूले नप्तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्मोन र खर्कहरूसहित किर्यातैम प्राप्त गरे ।77 मरारीका बाँकी सन्तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्माम, कर्तह, रिम्मोनो र खर्कहरूसहित तबोर प्राप्त गरे,78 अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,79 खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,80 लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम,81 खर्कहरूसहित हेश्बोन र खर्कहरूसहित याजेर प्राप्त गरे ।