5
इस्राएलका जेठा छोरा रूबेनका छोराहरू - रूबेन जेठा छोरा थिए, तर तिनको ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, किनभने तिनले आफ्ना पिताको ओछ्यान अपवित्र पारेका थिए । त्‍यसैले जेठा छोराको रूपमा तिनको विवरण रहेन ।2 यहूदा आफ्ना दाजुभाइमध्‍ये सबै भन्‍दा बलिया थिए, र तिनीबाट एक जना अगुवा आउनेवाला थिए । तर ज्‍येष्‍ठ अधिकार योसेफको थियो -3 इस्राएलका जेठा छोरा रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए ।4 योएलका सन्‍तान यी नै थिएः योएलका छोरा शमायाह थिए । शमायाहका छोरा गोग तिए । गोगका छोरा शिमी थिए ।5 शिमीका छोरा मीका तिए । मीकाका छोरा रायाह थिए । रायाहक छोरा बाल थिए ।6 बालका छोरा बीरह थिए, जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेरले कैद गरेर लगे । बीरह रूबेनी कुलका अगुवा थिए ।7 आ-आफ्ना वंशावलीअनुसार सूचीकृत भएका बीरहका आफन्‍तका वंशहरूः अगुवा यीएल, जकरिया, र8 योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,9 र पूर्वपट्टि यूफ्रेटिस नदीसम्म फैलिएको उजाड-स्थानको छेउसम्म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्तु पशुको सङ्ख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो ।10 शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे र उनीहरूलाई जिते । तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे ।11 गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्मै बसेका थिए ।12 योएल तिनीहरूका अगुवा थिए । शापाम दोस्रो थिए । अनि बाशानमा यानै र शाफात ।13 तिनीहरूका पुर्खाका परिवारहरूको आधारमा तिनीहरूका आफन्‍तहरू मिखाएल, मशुल्लाम, शेबा, योरै, यकान, जीआ र एबेर - जम्मा सात जना थिए ।14 यी माथि नाउँ लेखिएका व्यक्तिहरू अबीहेलका सन्‍तानहरू थिए, र अबीहेल हूरीका छोरा थिए । हूरी यारोहका छोरा थिए । यारोह गिलादका छोरा थिए । गिलाद मिखाएलका छोरा थिए । मिखाएल यशीशैका छोरा थिए । यशीशै यहदोका छोरा थिए । यहदो बूजका छोरा थिए ।15 गुनीका छोरा अब्दीएलका छोरा अही तिनीहरूका पिताका परिवारका मुखिया थिए ।16 तिनीहरू गिलादमा, बाशान र त्‍यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्मै बस्थे ।17 यी सबै यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामले राज्‍य गरेको समयमा वंशावलीको सूचीमा लेखिएका थिए ।18 रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलका युद्धको निम्ति तालिम प्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्थे, र धनु तान्‍न सक्थे ।19 तिनीहरूले हग्रीहरू, यतूर, नापीश र नोदाबलाई आक्रमण गरे ।20 उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्‍वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्धमा लडाइँमा सहायताको निम्ति आफ्ना परमेश्‍वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्नो भरोसा राखे ।21 तिनीहरूले उनीहरूका गाईवस्तु, पचास हजार ऊँट, दुई लाख पचास हजार भेडा, दुई हजार गधा, र एक लाख मानिसहरूलाई कब्जा गरे ।22 अरू धेरै जना मारिए, किनभने यो युद्ध परमेश्‍वरबाट भएको थियो । तिनीहरू कैदमा नपरेसम्म तिनीहरू त्‍यही देशमा बसोबास गरे ।23 मनश्शेका आधा कुल बाशानदेखि बाल-हेर्मोन र सेनीरसम्म (अर्थात् हेर्मोन पर्वत) बसोबास गरे ।24 तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।25 तर तिनीहरू आफ्ना पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन् । बरु, तिनीहरूले त्‍यस देशका मानिसहरूका देवताहरूको पूजा गरे, जसलाई परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो ।26 इस्राएलका परमेश्‍वरले अश्शूरका राजा पूललाई (जसलाई अश्शूरका राजा तिग्लत-पिलेसेर पनि भनिन्‍थ्यो) उक्साउनुभयो । उनले रूबेन, गाद र मनश्शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे । उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, जहाँ तिनीहरू आजको दिनसम्म छन् ।