4
राजा सोलोमन सारा इस्राएलमाथि राजा भए ।2 तिनका अधिकारीहरू यी नै हुन्ः सादोकका छोरा अजर्याह पूजाहारी थिए ।3 शीशाका छोराहरू एलीहोरेफ र अहियाह सचिवहरू थिए । अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।4 यहोयादाका छोरा बनायाह सेनापति थिए । सादोक र अबियाथार पूजाहारीहरू थिए ।5 नातानका छोरा अजर्याह जिल्ला-जिल्लाका अधिकृतहरूका जिम्मावाल थिए । नातानका छोरा जाबूद पूजाहारी र राजाका मित्र थिए ।6 अहीशार राजमहलका जिम्मावाल थिए । अब्दाका छोरा अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।7 सारा इस्राएलमा सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापाल थिए जसले राजा तथा राज घरानालाई भोजन जुटाउने काम गर्थे । हरेक मानिसले वर्षमा एक-एक महिनाको भोजन जुटाउनुपर्थ्यो ।8 तिनीहरूका नाउँ यी नै हुन्ः एफ्राइमको पहाडी देशमा बेन-हूर;9 माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा बेन-देकेर;10 अरूब्बोतमा बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरका सबै क्षेत्र थिए);11 सारा नापोत डोरमा बेन-अबीनादाब (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए);12 तानाक र मगिद्दोसाथै यिजरेलमुनिको सार्तानको छेउमा भएका सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा अहीलूदका छोरा बाना;13 रामोत-गिलादमा बेन-गेबेर (तिनको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका सहरहरू र बाशानमा भएको अर्गोबको क्षेत्रसाथै मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरिएका साठी वटा ठूला-ठूला सहर पनि थिए);14 महनोममा इद्दोका छोरा अहीनादाब;15 नप्तालीमा अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए);16 आशेर र आलोतमा हूशैका छोरा बाना;17 इस्साखारमा पारूहका छोरा यहोशापात;18 बेन्यामीनमा एलाका छोरा शिमी;19 गिलादमा ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश), र तिनी त्यस जिल्लाका एक मात्र जिल्लापाल थिए ।20 यहूदा र इस्राएलका मानिसहरू समुद्र छेउका बालुवाजत्तिकै असङ्ख्य थिए । तिनीहरू खाँदै र पिउँदै थिए अनि खुसी थिए ।21 सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देश र मिश्रको सिमानासम्म राज्य गर्थे । सोलोमनको जीवनभर तिनीहरूले तिनीकहाँ कर ल्याए र तिनको सेवा गरे ।22 सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पीठो, एक सय पचास मुरी अन्न,23 पोसिएका दश वटा गाई-गोरु, खर्कमा पालेका बीस वटा गाई-गोरु, एक सय वटा भेडा-बाख्रा अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए ।24 किनकि तिनले युफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश अर्थात् तिफसादेखि गाजासम्मा राज्य गर्थे, र तिनको वरिपरि भएकाहरू सबैसित तिनी शान्तिमा बस्थे ।25 यहूदा र इस्राएल सुरक्षित थिए । सोलोमनको जीवनभर दानदेखि बेर्शेबासम्म हरेक मानिस आ-आफ्नै दाख र नेभाराको मुनि सुरक्षितसाथ बस्थ्यो ।26 सोलोमनका रथहरूका लागि घोडाहरूका चालीस हजार वटा तबेला, र बाह्र हजार घोडचढी थिए ।27 जिल्ला-जिल्लाका अधिकृतहरूले प्रत्येक महिना पालैपालो राजा सोलोमन र तिनको टेबिलमा बसेर खानेहरू सबैका निम्ति भोजन जुटाउँथे । तिनीहरूलाई कुनै कुराको कमी थिएन ।28 रथका घोडाहरू र अन्य घोडाहरूका लागि पनि तिनीहरूले तोकिएका आ-आफ्नै जौ र पराल ल्याउने गर्थे ।29 परमेश्वरले सोलोमनलाई महान् बुद्धि र समुद्रीतटका बालुवा जस्तै फराकिलो समझशक्ति दिनुभयो ।30 पूर्वका सबै मानिस र मिश्रका सबै बुद्धि भन्दा सोलोमनको बुद्धि श्रेष्ठ थियो । तिनी सबै मानिस भन्दा बुद्धिमानी थिए ।31 तिनी एज्री एतान, माहोलका छोराहरू हेमान, कलकोल र दर्दा भन्दा बुद्धिमानी थिए अनि तिनको ख्याति वरिपरिका सबै जातिहरूमा फैलिएको थियो ।32 तिनले तीन हजार वटा हितोपदेशको रचना गरे, र तिनका गीतहरूको सङ्ख्या एक हजार पाँच वटा थियो ।33 तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे । तिनले पशुपक्षी, घस्रने प्राणीहरू र माछाको बारेमा पनि वर्णन गरे ।34 सोलोमनको बुद्धि सुन्न सबै जातिका मानिसहरू आउने गर्थे । तिनको बुद्धि सुनेका पृथ्वीका सबै राजाका प्रतिनिधिहरू तिनीकहाँ आउने गर्थे ।