18
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्‍यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्‍त गरेका थिएनन् ।2 दानका मानिसहरूले आफ्‍ना सम्‍पूर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्‍लोत अनुभवी युद्धाहरूलाई हिँडेर देशको जानकारी लिन र त्‍यसमाथि दृष्‍टि लगाउन पठाए । तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्‍टि लगाओ ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्‍यो रात त्‍यहीँ बिताए ।3 जब उनीहरू मीकाको घरको नजिकै थिए, तब उनीहरूले ती जवान लेवीको बोली चिने । यसैले उनीहरूले तिनलाई रोके र सोधे, “तिमीलाई यहाँ कसले ल्यायो ? तिमी यस ठाउँमा के गर्दैछौ ? तिमी यहाँ किन छौ ?4 तिनले उनीहरूलाई भने, “मीकाले मेरो निम्‍ति यसो गरेका छन्ः तिनको पूजाहारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन् ।5 उनीहरूले तिनलाई भने, “हाम्रो निम्ति परमेश्‍वरबाट सल्लाह माग, ताकि हामीले गरिरहेको यात्रा सफल हुन्‍छ कि हुन्‍न भनी हामीलाई थाहा होस् ।6 ती पूजाहारीले उनीहरूलाई भने, “शान्‍तिमा जाओ । तिमीहरू जानुपर्ने बाटोमा परमप्रभुले तिमीहरूलाई डोर्‍याउनुहुनेछ ।7 त्‍यसपछि ती पाँच जना मानिस त्‍यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्‍थे । तिनीहरूलाई पराजय गर्ने वा त्‍यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।8 उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ ?9 उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ ! हामीले त्‍यो देश देखेका छौँ र त्‍यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ ? आक्रमण गर्न र त्‍यो देशमाथि अधिकार गर्न ढिला नगर ।10 जब तिमीहरू जान्‍छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैलाई सुरक्षित ठान्‍छन्, र त्‍यो सहर फराकिलो छ ! परमेश्‍वरले तिमीहरूलाई त्‍यो सहर दिनुभएको छ - एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।11 दानका कुलका छ सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्‍जित भएर सोरा र एश्तोलबाट निस्के ।12 तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्‍यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्‍छन् । त्‍योचाहिँ किर्यत-यारीमको पश्‍चिममा पर्छ ।13 तिनीहरू त्‍यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।14 लेशको देशमा जानकारी प्राप्‍त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।15 यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।16 अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्‍जित भएर ढोकामा उभिए ।17 ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्‍यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पूजाहारीचाहिँ युद्धको निम्ति हात-हतियारले सुसज्‍जित need to add ‘रहेका’ ? छ सय जना मानिसका साथ ढोकामा उभिए ।18 जब तिनीहरू मीकाको घरमा पसे र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, पूजाहारीले तिनीहरूलाई भने, “तिमीहरू यो के गरिरहेका छौ ?19 तिनीहरूले तिनलाई भने, “चूप लाग ! आफ्‍नो हात आफ्‍नो मुखमा राख र हामीसँग आऊ, र हाम्रो निम्ति पिता र पूजाहारी होऊ । के तिम्रो निम्ति एउटा मानिसको घरको पूजाहारी हुनु, कि इस्राएलमा एउटा कुल र वंशको पूजाहारी हुनु कुन असल छ ?20 ती पूजाहारीको हृदय हर्षित भयो । तिनले त्‍यो एपोद, घर-देवताहरू, र खोपिएको मूर्ति लिए, र ती मानिसहरूसँगै गए ।21 यसैले तिनीहरू फर्केर त्‍यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिँडाए ।22 जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्‍ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।23 तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ ?24 तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्‍यौ, मेरो पूजाहारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दुःख दिइरहेको छ’ भनेर सोध्दैछौ ?25 दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्‍येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।26 त्‍यसपछि दानका मानिसहरू आफ्‍नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।27 दानका मानिसहरूले मीकाले बनाएका कुराहरू र तिनका पूजाहारीलाई लिए, र तिनीहरू लेशमा कुनै बाधामा नपरेका र सुरक्षित मानिसहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे र सहरलाई जलाइदिए ।28 तिनीहरूलाई बचाउने त्‍यहाँ कोही पनि थिएन किनभने त्‍यो सीदोनबाट धेरै टाढा थियो, र तिनीहरूको कसैसँग पनि कुनै लेन-देन थिएन । त्‍यो बेथ-रहोबनजिकको बेँसीमा थियो । दानका मानिसहरूले त्‍यो सहरलाई पुनर्निर्माण गरे र त्‍यहीँ बसोबास गरे ।29 तिनीहरूले इस्राएलका छोरामध्‍ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्‍यस सहरलाई दान नाउँ दिए । तर त्‍यस सहरको नाउँ पहिले लेश थियो ।30 दानका मानिसहरूले आफ्नै निम्ति ती खोपिएका मूर्तिहरू राखे । अनि त्‍यो देश कैदमा नपरेसम्म मोशाका नाति, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानका कुलका निम्ति पूजाहारीहरू भए ।31 यसैले शीलोमा परमेश्‍वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पूजा गरे ।