39
तिनीहरूली, बैजनी र रातो ऊनबाट पवित्रस्थानमा सेवा गर्नका लागि राम्ररी बुनेका पोशाकहरू बनाए । परमप्रभुले मोशालाई आज्ञा दिनुभएअनुसार तिनीहरूले पवित्रस्थानको लागि हारूनका पोशाकहरू बनाए ।2 बजलेलले सुन, नीलो, बैजनी, रातो ऊन र मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाए ।3 तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती नीलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।4 तिनीहरूले एपोदको लागि दुई छेउमा गाँसेका काँधे-बन्धनहरू बनाए ।5 यसको राम्ररी बुनेको कमरपेटी एपोद जस्‍तै थियो । यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा, सुन, नीलो, बैजनी र रातो ऊनबाट बनाइएको थियो, जस्‍तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो ।6 तिनीहरूले सुनका मणिघरहरूमा आनिक्स रत्‍नहरू जडे, र छापमा खोपिए जस्‍तै तिनीहरूले इस्राएलका बाह्र छोराका नाउँ खोपे ।7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ बजलेलले तिनलाई एपोदको काँधे-बन्धनहरूमा इस्राएलका बाह्र छोराका निम्ति सम्झनाको रत्‍न हुनलाई ती लगाए ।8 तिनले एपोद जस्‍तै छाती-पाता बनाए जुन सिपालु शिल्पकारको काम थियो । तिनले यसलाई सुन, नीलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट बनाए ।9 यो वर्गाकार थियो । तिनीहरूले यसलाई दोब्बर पट्ट्‌याए । यो एक बित्ता लामो र एक बित्ता चौडा थियो ।10 तिनीहरूले यसलाई चार लहर गरी मणिहरू जडे । पहिलो लहर मानिक, पुष्पराज र बेरूजको थियो ।11 दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो ।12 तेस्रो लहर नीलमणि, हाकिक र कटेलाको थियो ।13 चौथो लहर पीतमणि, आनिक्स र बिल्लौरको थियो । ती सुनका मणिघरहरूमा जडिएका थिए ।14 ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए । छाप-औँठीमा खोपे जस्‍तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो ।15 तिनीहरूले छाती-पातामा डोरी जस्‍तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए ।16 तिनीहरूले छाती-पाताको लागि सुनका दुई वटा मुन्‍द्री बनाए र तिनलाई छाती-पाताका दुईवटै किनारामा लगाए ।17 तिनीहरूले सुनका दुई वटा सिक्रीलाई छाती-पाताका किनाराहरूमा लगाए ।18 तिनीहरूले बाटेका दुई वटा सिक्रीका अर्का दुई वटा छेउलाई दुवै मणिघरमा जोडे । त्‍यसपछि तिनीहरूले ती दुई वटालाई एपोदको काँधे-बन्धनको अगाडिपट्टि लगाए ।19 तिनीहरूले सुनका दुई वटा मुन्‍द्री बनाए, र भित्रपट्टिको बिँडको छेउमा तिनलाई छाती-पाताका अर्का दुई वटा कुनामा लगाए ।20 तिनीहरूले थप दुई वटा सुनका मुन्‍द्री बनाए, र तिनलाई एपोदको अगाडिपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको निकै राम्ररी बुनेको कमरपेटीमाथिको सिउनीनेर लगाए ।21 तिनीहरूले छाती-पाता त्‍यसका मुन्‍द्रीहरूद्वारा एपोदका मुन्‍द्रीहरूमा निलो फित्ताले कमरपेटीमा बाँधे ताकि त्‍यो बुनिएको एपोददेखि सर्न नपाओस् । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले बनाए ।22 बजलेलले एपोदको अलखा पूर्ण रूपमा निलो रङको बुनेको कपडाबाट बनाए । यो जुलाहाको काम थियो ।23 यसको बीचमा टाउको छिराउने प्वाल थियो । नच्‍यातियोस् भन्‍नाका लागि यसमा कठालोको प्वाल जस्‍तै बुनेको बिट थियो ।24 तिनीहरूले तलको फेरोको चारैतिर नीलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाका दारिमहरू बनाए ।25 तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए, र तलको फेरोमा वरिपरि दारिमका बीच-बीचमा तिनीहरूले ती लगाए ।26 तिनीहरूले हारूनले भित्र सेवा गर्दा लगाउने अलखाको छेउ-छेउमा एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम लगाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।27 तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए ।28 तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्‍य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू,29 सुती कपडा र नीलो, बैजनी, रातो धागोको पटुका बनाए । यो बुट्टा भर्नेको काम थियो । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।30 तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए ।31 तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि नीलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।32 यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो । इस्राएलका मानिसहरूले सबै कुरा गरे । परमप्रभुले मोशालाई भन्‍नुभएका सबै आज्ञालाई तिनीहरूले पछ्याए ।33 तिनीहरूले पवित्र वासस्थान, पाल र यसका सबै सरसामान अर्थात् यसका अङ्‌कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू र आधारहरू,34 रातो रङ्‌गले रङ्‌ग्याइएका भेडाका छालाहरूको छत, सीलको छालाको छत र ढाक्‍ने पर्दा,35 गवाहीको सन्‍दूकसाथै डन्डाहरू र प्रायश्‍चितको ढकनी ल्याए ।36 तिनीहरूले टेबिल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी,37 निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल,38 सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,39 काँसाको वेदी र काँसाको झिँजा र यसका डन्डाहरू र भाँडाकुँडा र ठूलो बाटा र यसको खुट्टा ल्याए ।40 तिनीहरूले चोकका लागि यसका खम्बाहरू र आधारहरू अनि चोकको प्रवेशद्वारको लागि पर्दा, यसका डोरीहरू र पालका किलाहरू अनि पवित्र वासस्थान अर्थात् भेट हुने पालको सेवाको लागि सबै सरसामान ल्याए ।41 तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पूजाहारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए ।42 यसरी इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनुभएमुताबिक सबै काम गरे ।43 मोशाले सबै कामको जाँच गर्दा तिनीहरूले गरेका पाए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे । तब मोशाले तिनीहरूलाई आशिष् दिए ।