37
बजलेलले बबुल काठबाट सन्दूक बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।2 तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए ।3 तिनले दुई वटा मुन्द्रा एकातिर र दुई वटा मुन्द्रा अर्कोतिर गरी त्यसको चार वटा खुट्टामा चार वटा मुन्द्रा हाले ।4 तिनले बबुलका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।5 तिनले सन्दूकलाई बोक्न ती डन्डाहरू त्यसका दुवैतिर भएका मुन्द्राहरूमा हाले ।6 तिनले निखुर सुनबाट प्रायश्चितको ढकनी बनाए । यसको लमाइ साँढे दुई हात र चौडाइ साँढे एक हातको थियो ।7 बजलेलले प्रायश्चितको ढकनीको दुवै छेउका लागि पिटेको सुनका दुई वटा करूब बनाए ।8 एउटा करूब प्रायश्चितको ढकनीको एउटा छेउमा अर्को करूब अर्को छेउको लागि थिए । ती करूबहरू प्रायश्चितको ढकनीकै टुक्राबाट बनाइएका थिए ।9 करूबहरूले आ-आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, र प्रायश्चितको ढकनीलाई छाया पारेका थिए । करूबहरू आमनेसामने थिए, र तिनीहरूले प्रायश्चितको ढकनीतर्फ हेरेका थिए ।10 बजलेलले बबुल काठबाट टेबिल बनाए । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो ।11 तिनले यसलाई निखुर सुनले मोहोरे र यसको चारैतिर सुनको बिट लगाए ।12 तिनले यसको चारैतिर चार अङ्गुल चौडा भएको एउटा घेरो बनाए, र यसको चारैतिर सुनको बिट लगाए ।13 तिनले टेबिलको निम्ति ढालेर चार वटा मुन्द्रा बनाए, र ती मुन्द्राहरूलाई चार वटा खुट्टाका चार वटा कुनामा लगाए ।14 टेबिललाई बोक्न ती मुन्द्राहरू डन्डाहरूका लागि ठाउँ हुनलाई घेरोको छेउमा थिए ।15 तिनले टेबिल बोक्नलाई बबुल काठबाट डन्डाहरू बनाए, र तिनलाई सुनले मोहोरे ।16 तिनले भेटीहरू चढाउन प्रयोग हुने टेबिलमा राखिने थाल, चम्चा, कचौरा र करुबहरूजस्ता सामग्रीहरू बनाए ।17 तिनले यी सबै निखुर सुनले बनाए । तिनले पिटेको निखुर सुनबाट सामदान बनाए । तिनले यसको आधार र डन्डा हुने गरी सामदानलाई बनाए । यसका कचौरा, कोपिला र फुलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए ।18 यसको एकापट्टिबाट तीन वटा हाँगा र अर्कोपट्टिबाट तीन वटा हाँगा गरी छ वटा हाँगा बाहिरतिर निस्केका थिए ।19 पहिलो हाँगामा हाडे-बदामका फुलजस्ता तीन वटा कचौरा, कोपिला र फुलहरू थिए, अनि अर्को हाँगामा पनि हाडे-बदामका फुलजस्ता तीन वटा कचौरा, कोपिला र फुलहरू थिए । सामदानबाट बाहिरतिर निस्केका छवटै हाँगा उस्तै थिए ।20 सामदानको बीचको डन्डामा हाडे-बदाममा चार वटा कचौरा, आ-आफ्ना कोपिला र फुलहरू थिए ।21 सामदानबाट निस्केका छ वटा हाँगामध्ये पहिलो जोडी हाँगामुनि एउटा कोपिला, दोस्रो जोडी हाँगामुनि दोस्रो कोपिला र तेस्रो जोडी हाँगामुनि तेस्रो कोपिला थियो । सामदानबाट बाहिरतिर निस्केका सबै छवटै हाँगामा उस्तै थिए ।22 तिनीहरूका कोपिला र हाँगाहरू सबै एउटै निखुर सुनको टुक्रा पिटेर बनाइएका थिए ।23 बजलेलले सामदान, यसका सात वटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए ।24 तिनले सामदान र यसका सबै सामान करिब चौँतीस किलोग्राम सुनबाट बनाए ।25 बजलेलले बबुल काठबाट धूपको वेदी बनाए । यसको लमाइ एक हात र चौडाइ एक हातको थियो । यो वर्गाकार थियो र यसको चौडाइ दुई हातको थियो । यसका सीङहरू एउटै टुक्राबाट बनाइएका थिए ।26 तिनले धूपको वेदी, यसको माथिल्लो भाग, यसका किनाराहरू र सीङहरूलाई निखुर सुनले मोहोरे । तिनले यसको चारैतिर निखुर सुनको बिट पनि लगाए ।27 बोक्ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुई वटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए ।28 तिनले बबुल काठका डन्डाहरू बनाएर तिनलाई सुनले मोहोरे ।29 तिनले अभिषेक गर्ने पवित्र तेल अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए ।