30
“तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।2 यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सीङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।3 धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सीङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।4 यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।5 डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।6 तैँले धूपको वेदीलाई गवाहीको सन्दूकनेर भएको पर्दाको सामुन्ने राख्नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दूकमाथि राखिएको प्रायश्चितको ढकनीको सामु हुनेछ ।7 हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू । त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू,8 र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू ।9 तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू ।10 वर्षको एक चोटि हारूनले यसका सीङहरूमा प्रायश्चित गरोस् । पापबलिको रगतले पुस्ता-पुस्तासम्म त्यसले वर्षको एक चोटि प्रायश्चित गर्नेछ । यो परमप्रभुको निम्ति अति पवित्र छ ।11 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,12 “तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस् । तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बीचमा कुनै विपत्ति नआओस् ।13 जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बीस गेरा हुन्छ) । यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ ।14 बीस वर्ष भन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ ।15 मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्चितको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेल भन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन् ।16 तैँले इस्राएलीहरूबाट यो प्रायश्चितको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ । यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्चित गर्न मेरो सामु तिनीहरूको सम्झना होस् ।17 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,18 “तैँले धुनलाई काँसाको एउटा ठूलो बाटा बना । यो भेट हुने पाल र वेदीको बीचमा होस् र यसमा पानी राख्नू ।19 हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् ।20 तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ ।21 तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन् । हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो ।22 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,23 “तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र,२५० शेकेल बास्ना आउने दालचिनी,२५० शेकेल बास्ना आउने बोझो,24 ५०० शेकेल तेजपात – सबैको नाप पवित्रस्थानको हिसाबले – र एक हीन भद्राक्षको तेल लिनू ।25 तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ ।26 तैँले यस तेलले भेट हुने पालसाथै गवाहीको सन्दूक,27 टेबिल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,28 होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू ।29 ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।30 हारून र त्यसका छोराहरूले पूजाहारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।31 तैँले इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् ।32 यसलाई मानिसको छालामा दल्नुहुँदैन, न त उही सुत्र प्रयोग गरेर यस्तो तेल बनाउनुहुन्छ किनकि यो परमप्रभुको निम्ति अलग गरिएको हो । तैँले यसलाई यसरी नै हेर्नुपर्छ ।33 जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ’ ।34 परमप्रभुले मोशालाई भन्नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङ जस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू ।35 नून मिसिएको शुद्ध र पवित्र हुने गरी धूपको रूपमा अत्तर बनाउनेले जस्तै गरी त्यसलाई बनाउनू ।36 तैँले यसलाई मसिनो गरी पिस्नू । यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दूकको सामुन्ने राख्नू । तैँले यसलाई मेरो लागि अति पवित्र ठान्नू ।37 तैँले बनाउने यो धूप जस्तै उही सुत्र प्रयोग गरेर आफ्नो लागि अर्को कुनै धूप नबनाउनू । यो मेरो लागि अति पवित्र होस् ।38 अत्तरको रूपमा प्रयोग गर्न जसले यो जस्तै कुनै धूप बनाउँछ, त्यो आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।”