थुमाको विवाह
19
अनि यी कुराहरूपछि मैले स्वर्गमा धेरै मानिसहरूको यसो भन्दै गरेको एउटा ठूलो आवाज सुनें: “हल्लेलूयाहक! परमप्रभु* हाम्रा परमेश्वरलाई मुक्ति, महिमा, आदर र सामर्थ्य! 2 किनभने उहाँका न्यायहरू सत्य र धर्ममय छन्; किनकि उहाँले त्यस महावेश्याको न्याय गर्नुभएको छ, जसले आफ्नो व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पारेकी थिई, अनि त्यसको हातबाट उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुभएको छ।” 3 अनि फेरि तिनीहरूले भने: “हल्लेलूयाह! अनि त्यसको धूवाँ सदा-सर्वदा उँभो गइरहन्छ।” 4 अनि ती चौबीस प्राचीनहरू र ती चार जीवित प्राणीहरू भुइँमा घोप्टे, र “आमेन, हल्लेलूयाह!” भन्दै तिनीहरूले त्यस सिंहासनमाथि बस्नुहुने परमेश्वरलाई दण्डवत् गरे।5 अनि त्यस सिंहासनबाट यसो भन्दै गरेको एउटा वाणी आयो: “हे सबै उहाँका दासहरूहो, र उहाँको डर मान्नेहरूहो, दुवै साना र ठूला, हाम्रा परमेश्वरलाई प्रशंसा गर!”
6 अनि मैले ठूलो भीड़को आवाजजस्तै, धेरै पानीको आवाजजस्तै र शक्तिशाली गर्जनहरूको आवाजजस्तै यसो भन्ने वाणी सुनें: “हल्लेलूयाह; किनभने परमप्रभु* सर्वशक्तिमान् परमेश्वरले राज्य गर्नुहुन्छ! 7 हामी खुशी होऔं, खूबै आनन्द मनाऔं, र उहाँलाई महिमा दिऔं; किनकि थुमाको विवाह आइपुगेको छ, अनि उहाँकी पत्नीले आफैलाई तयार पारेकी छन्।” 8 अनि उनलाई शुद्ध र चम्किलो मिहिन मलमल पहिरन दिइयो; किनकि मिहिन मलमलचाहिँ पवित्र जनहरूको धार्मिकताख हो। 9 अनि तिनले मलाई भने: “लेख, जो-जो थुमाको विवाहको भोजमा बोलाइएका छन्, ती धन्य हुन्।” अनि तिनले मलाई भने: “परमेश्वरका सत्य वचनहरू यिनै हुन्।” 10 अनि तिनलाई दण्डवत् गर्न म तिनका पाउहरूमा परें; तर तिनले मलाई भने: “हेर, तिमीले यसो नगर! म त तिम्रो र तिम्रा भाइहरूको सङ्गी-दास हुँ, जससँग येशूको गवाही छ। परमेश्वरलाई नै दण्डवत् गर; किनकि येशूको गवाहीचाहिँ भविष्यवाणीको आत्मा हो।”
विजयी ख्रीष्ट सेतो घोड़ामाथि
11 अनि मैले स्वर्ग खोलिएको देखें, अनि हेर, एउटा सेतो घोड़ा! अनि त्यसमाथि बस्नुहुनेचाहिँ विश्वासयोग्य र सत्य भनिनुहुन्छ; अनि उहाँले धार्मिकतामा न्याय र लड़ाइँ गर्नुहुन्छ। 12 उहाँका आँखाहरू आगोको ज्वालाजस्तै थिए, र उहाँको शिरमाथि धेरै मुकुटहरू थिए; अनि उहाँमा एउटा नाम लेखिएको थियो, जुन नाम उहाँले बाहेक अरू कसैले पनि जान्दैनथियो। 13 अनि उहाँले रगतमा चोपिएको पोसाक पहिरनुभएको थियो; अनि उहाँको नाम ‘परमेश्वरको वचन’ भनिन्छ। 14 अनि स्वर्गमा भएका सेनाहरू सेता र शुद्ध मिहिन मलमलका वस्त्र पहिरेको अवस्थामा सेता घोड़ाहरूमा उहाँको पछि-पछि लागे। 15 अनि त्यही तरवारले उहाँले जाति-जातिलाई हिर्काऊन् भनेर उहाँको मुखबाट एउटा लाग्ने तरवार निस्कन्छ; अनि उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ; अनि उहाँले सर्वशक्तिमान् परमेश्वरको भयानक रिस र क्रोधको मद्यको कोल कुल्चीमिल्ची गर्नुहुनेछ। 16 अनि उहाँको पोसाक र उहाँको तिघ्रामा ‘राजाहरूका महाराजा र प्रभुहरूका परमप्रभु’ भन्ने नाम लेखिएको छ।
त्यो पशु र त्यो झूटा भविष्यवक्ता आगोको तालमा फ्याँकिए
17 अनि मैले एकजना स्वर्गदूतलाई घाममा उभिरहेका देखें; अनि तिनले ठूलो सोरले आकाशको बीचमा उड़्ने सबै चराहरूलाई यसो भन्दै कराए: “महान् परमेश्वरको भोजमा आओ र भेला होओ! 18 ताकि तिमीहरूले राजाहरूको मासु, मुख्य कप्तानहरूको मासु, शक्तिशाली मानिसहरूको मासु, घोड़ाहरू र तीमाथि बस्नेहरूको मासु, साथै स्वतन्त्र र कमारा, ठूला र साना सबैको मासु खान सक।”
19 अनि त्यस घोड़ामाथि बस्नुहुने र उहाँको सेनासित लड़ाइँ गर्न मैले त्यस पशुलाई, पृथ्वीका राजाहरू र तिनीहरूका सेनाहरूलाई भेला भएको देखें। 20 अनि त्यो पशु पक्राउ पर्यो, र त्यसको साथमा त्यो झूटा भविष्यवक्ता पनि, जसले त्यसको सामु चिन्हहरू देखाउँथ्यो, जसद्वारा यसले त्यस पशुको निशान लिनेहरू र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई धोका दिन्थ्यो। यी दुवै गन्धकले जलिरहेको आगोको तालमा जिउँदै फालिए। 21 अनि बाँकी रहेकाहरूचाहिँ त्यस घोड़ामाथि बस्नुहुनेको तरवारले मारिए, जुन तरवारचाहिँ उहाँको मुखबाट निस्कन्थ्यो। अनि सबै चराहरू तिनीहरूको मासुले अघाए।