प्रभुको दिनचाहिँ राती चोर आएझैं आउनेछ
3
हे प्रियहरूहो, अहिले म तिमीहरूलाई यो दोस्रो पत्र लेख्दछु; यी दुवै पत्रहरूमा तिमीहरूलाई सम्झना गराई-गराईकन म तिमीहरूको शुद्ध मन जगाउँछु: 2 पवित्र भविष्यवक्ताहरूद्वारा पहिले भनिएका वचनहरू र हामी प्रभु र मुक्तिदाताका प्रेरितहरूको आज्ञा सम्झना गर, 3 पहिले यो जानेर कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन्, जो आफ्नै अभिलाषाहरूअनुसार हिँड़्छन् र जसले यसो भन्ने गर्छन्: 4 ‘खै, उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पितापुर्खाहरू मरेको समयदेखिक सबै कुराहरू सृष्टिको शुरुबाट जस्ता थिए, त्यस्तै चलिरहेका छन्।’ 5 किनकि तिनीहरू यस कुराको विषयमा अनजान रहन चाहन्छन्: परमेश्वरको वचनद्वारा उहिलेका आकाशहरू भए, र पृथ्वी भयो, जुन पृथ्वीचाहिँ पानीबाट बनेको र पानीद्वारा रहिरहेको थियो; 6 त्यस पानीद्वारा त्यस बेलाको संसार पानी नै पानी भएर नष्ट भयो; 7 तर त्यही वचनद्वारा अहिलेका आकाशहरू र पृथ्वीचाहिँ जोगिएर न्यायको दिन र भक्तिहीन मानिसहरूको विनाशका लागि आगोको निम्ति साँचेर राखिएका हुन्।8 तर प्रियहरूहो, यस एउटा कुराको विषयमा अजान नरहो: प्रभुका निम्ति एक दिन हजार वर्षजस्तो, र हजार वर्ष एक दिनजस्तो हो। 9 कतिले ढिलाइ सम्झेझैं आफ्नो प्रतिज्ञाको विषयमा प्रभु ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबैले पश्चात्ताप गरून्ख भन्ने इच्छा राखेर उहाँ हामीप्रति धीरज धर्नुहुन्छ।
10 तर प्रभुको दिनचाहिँ राति चोर आएझैं आउनेछ, जुन दिनमा आकाशहरू ठूलो शब्द गरेर बितिजानेछन्, प्रचण्ड तापले गर्दा तत्वहरू पग्लनेछन्, अनि पृथ्वी र त्यसमा भएका कामहरू जलेर शेष हुनेछन्। 11 जब यी सबै कुराहरू पग्लनेछन्, तब परमेश्वरको दिनको आगमनको बाटो हेर्दै र त्यसका निम्ति हतारिँदै तिमीहरू सम्पूर्ण पवित्र चालचलन र भक्तिमा कस्तो किसिमका मानिसहरू हुनुपर्छ त? 12 जुन दिनमा आकाशहरू आगो लागेर बिलाइनेछन्, र प्रचण्ड तापले गर्दा तत्वहरू पग्लनेछन्। 13 तरै पनि हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ आकाशहरू र नयाँ पृथ्वीको बाटो हेर्दछौं, जहाँग धार्मिकताले वास गर्छ।
14 यसकारण प्रियहरूहो, जब तिमीहरू यी कुराहरूको बाटो हेर्दछौ, त उहाँद्वारा मेलमिलापमाघ, निष्कलङ्क र निर्दोष अवस्थामा भेट्टाइने प्रयत्न गर! 15 अनि हाम्रा प्रभुको धीरजचाहिँ मुक्ति हो भनी सम्झ, जसरी हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई लेखेका छन्; 16 जसरी आफ्ना सबै पत्रहरूमा पनि उनले यी कुराहरूको चर्चा गरेका छन्, जसमा कुनै-कुनै कुराहरू बुझ्न कठिन छन्, जुन कुराहरू शिक्षा नपाएका र अस्थिर भएकाहरूले बाँकी पवित्रशास्त्रहरूजस्तो आफ्नै विनाशका निम्ति टेढ़ामेढ़ा पार्छन्।