धनीहरूलाई चेताउनी
5
अब आओ, हे धनवान् मानिसहरूहो, तिमीहरूमाथि आइपर्ने आफ्ना विपत्तिहरूका निम्ति डाँको छोड़ी-छोड़ी रोओ! 2 तिमीहरूको धनसम्पत्ति सड़ेको छ, तिमीहरूका वस्त्रहरूमा कीरा लागेका छन्। 3 तिमीहरूका सुन र चाँदी खियाले खाएको छ; अनि तिनको खिया नै तिमीहरूको विरोधमा साक्षी बन्नेछ, र त्यसले आगोले झैं तिमीहरूको मासु खानेछ। तिमीहरूले अन्तिम दिनहरूमा सम्पत्ति थुपारेका छौ। 4 हेर, तिमीहरूका खेतबारीको बाली काट्ने खेतालाहरूको ज्याला कराउँदैछ, जुनचाहिँ तिमीहरूद्वारा छल गरेर राखिएको छ; अनि ती कटनी गर्नेहरूका दुहाईहरू सेनाहरूका परमप्रभुका कानहरूभित्र पसेका छन्। 5 यस पृथ्वीमा तिमीहरू मोजमज्जामा बसेका छौ र भोगविलासमा बाँचेका छौ; तिमीहरूले आफ्ना हृदयहरू काटमारको दिनमा जस्तो पोस्याएका छौ। 6 तिमीहरूले धर्मी जनलाई दोषी ठहराएका र मारेका छौ; अनि उनले तिमीहरूको सामना गर्दैनन्।धीरज धर!
7 यसकारण भाइहरूहो, प्रभुको आगमनसम्म धीरज धर! हेर, किसानले पृथ्वीको बहुमूल्य फलको बाटो हेर्दछ, र जबसम्म यसले अघिल्लो र पछिल्लो वर्षा पाउँदैन, तबसम्म उसले यसका निम्ति खूबै धीरज धर्दछ। 8 तिमीहरूले पनि धीरज धर! आफ्ना हृदयहरू स्थिर गराओ; किनकि प्रभुको आगमन नजिकै छ।
9 हे भाइहरूहो, एक-अर्काको विरोधमा गनगन नगर, नत्र तिमीहरू दोषी ठहरिनेछौ; हेर, न्यायकर्ता ढोकाको अघिल्तिर खड़ा हुनुहुन्छ। 10 हे मेरा भाइहरूहो, प्रभुको नाममा बोल्ने भविष्यवक्ताहरूलाई कष्ट-भोगाइ र धीरजको नमुना सम्झ! 11 हेर, धीरज धर्नेहरूलाई हामी धन्यका सम्झन्छौं। तिमीहरूले अय्यूबको धीरजको विषयमा सुनेका छौ, अनि प्रभुबाटको परिणाम देखेका छौ; किनकि प्रभु अति नै टिठाउनुहुनेक र दयालु हुनुहुन्छ।
12 तर सबै कुराहरूभन्दा बढ़ी, हे मेरा भाइहरूहो, शपथ नखाओ, न ता स्वर्गको नाममा न पृथ्वीको नाममा, न अरू कुनै शपथ; तर तिमीहरूको ‘हो’ चाहिँ ‘हो’ र ‘होइन’ चाहिँ ‘होइन’ रहोस्; नत्र ता तिमीहरू दण्डमा पर्दछौ।
विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ
13 के तिमीहरूमा कसैले कष्ट पाएको छ? उसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? उसले भजन गाओस्। 14 के तिमीहरूको बीचमा कोही बिरामी छ? उसले मण्डलीका प्राचीनहरूलाईख बोलाओस्, र उनीहरूले प्रभुको नाममा उसलाई तेल घसेर उसका निम्ति प्रार्थना गरून्। 15 अनि विश्वासको प्रार्थनाले त्यस बिरामीलाई बचाउनेछ, र प्रभुले उसलाई उठाउनुहुनेछ; अनि यदि उसले पापहरू गरेको भए तापनि उसलाई ती पापहरू क्षमा हुनेछन्। 16 निको हुनलाई तिमीहरू एक-अर्काको सामु आफ्ना भूलचूकहरू मानिलेओ, र एक-अर्काका निम्ति प्रार्थना गर! धर्मी जनको प्रभावकारी प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ। 17 एलिया पनि हामीजस्तै दु:खसुख भोगी मानिस थिए, अनि उनले पानी नपरोस् भनेर यत्नसित प्रार्थना गरे, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन। 18 अनि उनले फेरि प्रार्थना गरे, तब आकाशले वर्षा दियो, र पृथ्वीले आफ्नो फल फलायो।