3
उनीहरूलाई सम्झना गराइदेऊ: उनीहरू शासकहरू र अधिकारीहरूको अधीनतामा रहून्, आज्ञाकारी होऊन्, हरेक असल कामका निम्ति तयार रहून्; 2 उनीहरूले कसैको बदनाम नगरून्, उनीहरू झगड़ालु नहोऊन्, तर कोमल र सबै मानिसहरूलाई सबै प्रकारको नम्रता देखाउनेहरू होऊन्। 3 किनकि हामी आफै पनि एक समय मूर्ख, अनाज्ञाकारी, भ्रममा परेकाहरू, किसिम-किसिमका अभिलाषा र सुखविलासहरूका कमाराहरू थियौं,हामी द्वेष र डाहामा जीवन बिताऊथ्यौं, हामी घृणित थियौं, र एक-अर्कालाई घृणा गर्दर्थ्यौं। 4 तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसप्रतिको प्रेम प्रकट भयो, 5 तब हामी आफैले गरेका धार्मिकताकाक कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हामीलाई बचाउनुभयो, नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकरणद्वाराख; 6 जुन पवित्र आत्माग उहाँले येशू ख्रीष्ट हाम्रा मुक्तिदाताद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो; 7 उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर अनन्त जीवनको आशाअनुसार हामी हकवाला बन्न सकौं भनेर।8 यो विश्वासयोग्य वचन हो, र म चाहन्छु: तिमीले निरन्तर यी कुराहरूमा जोर देऊ, कि जस-जसले परमेश्वरमा विश्वास गरेका छन्, उनीहरूले असल कामहरूमा लागिरहनमा ध्यान दिऊन्। यी कुराहरू मानिसहरूका निम्ति असल र लाभदायक हुन्छन्। 9 तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरू, कलहहरू र व्यवस्थासम्बन्धी झगड़ाहरूबाट पर बस; किनकि ती बेफाइदाका र व्यर्थका हुन्।
10 पहिलो र दोस्रो चेताउनी दिएपछि विभाजन ल्याउने मानिसलाई रद्द गर; 11 यो जानेर कि यस्तो मानिस कुबाटो लागेको छ र आफैद्वारा दोषी ठहरिँदै पाप गरिरहन्छ।
12 जब म अर्तेमासलाई अथवा तुखिकसलाई तिमीकहाँ पठाउँला, तब निकोपोलिसमा मकहाँ आउने प्रयत्न गर; किनकि त्यहीं जाड़ो काट्ने मैले निर्णय गरेको छु। 13 व्यवस्थाका गुरु जेनास र अपोल्लोसलाई यत्नसित यात्रामा केही परसम्म पुर्याइदेऊ, कि उनीहरूलाई कुनै कुराको कमी नहोस्। 14 अनि हाम्रा मानिसहरूले पनि नभई नहुने खाँचोहरू पूरा गर्नलाई असल कामहरूमा लागिरहन सिकून्, कि तिनीहरू निष्फल नहोऊन्।
15 मसँग भएका सबैजनाले तिमीलाई सलाम पठाउँदैछन्। विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई सलाम भनिदेऊ! तिमीहरू सबैसँग अनुग्रह रहोस्! आमेन।