4
हे मालिकहरू, स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ भन्ने कुरा जानेर आफ्ना दासहरूसँग न्यायपूर्ण र समान व्यवहार गर!2 प्रार्थनामा दृढ़तासाथक लागिरहो, धन्यवादसाथ यसमा जागा रहो; 3 साथै हाम्रा निम्ति पनि प्रार्थना गरिरहो, र ख्रीष्टको रहस्य बताउनका निम्ति परमेश्वरले हाम्रा लागि वचन सुनाउने ढोका खोलिदिऊन्, यसैका निम्ति म बाँधिएको छु पनि; 4 र जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै म योख प्रकट गर्न सकूँ।
5 समय मूल्यवान् सम्झेर बाहिरकाहरूसँग बुद्धिमानीसाथ चल! 6 तिमीहरूको वचन सधैं अनुग्रहले पूर्ण, नुनले स्वादिलो पारिएको होस्; र हरेकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरूलाई थाहा होस्।
बिदाको अभिवादन
7 मेरो विषयमा सबै कुराहरू तुखिकसले तिमीहरूलाई बताउनेछन्, जो प्रभुमा प्रिय भाइ, विश्वासयोग्य सेवक र सङ्गी-दास हुन्। 8 उनले तिमीहरूको अवस्था जानून् र तिमीहरूका हृदयहरूलाई सान्त्वना दिऊन् भनेर नै मैले उनलाई तिमीहरूकहाँ पठाएको छु, 9 विश्वासयोग्य र प्रिय भाइ ओनेसिमसको साथमा, जोचाहिँ तिमीहरूमध्ये एक हुन्। उनीहरूले यहाँ भइरहेका सबै कुराहरू तिमीहरूलाई बताइदिनेछन्।
10 मेरा सङ्गी-कैदी अरिस्टार्खसले तिमीहरूलाई सलाम पठाउँदैछन्, अनि बर्नबासका भानिज मर्कूसले पनि, (जसको विषयमा तिमीहरूले आदेशहरू पाएका छौ: यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर!), 11 र जस्टस भनिने येशूले पनि सलाम पठाउँदैछन्; यिनीहरूचाहिँ खतना गरिएकाहरू हुन्। यिनीहरू मात्र परमेश्वरको राज्यका निम्ति मेरा सहकर्मीहरू हुन्, जो मेरा निम्ति सान्त्वना भएका छन्।
12 ख्रीष्टका दास इपाफ्रासले पनि तिमीहरूलाई सलाम पठाउँदैछन्, जो तिमीहरूमध्ये एक हुन्; परमेश्वरको सारा इच्छामा तिमीहरू सिद्ध र पूर्ण भएर उभिन सक भनेर तिनले तिमीहरूका निम्ति सधैंभरि प्रार्थनाहरूमा घोर परिश्रम गर्छन्। 13 किनकि तिनको विषयमा म गवाही दिन्छु: तिमीहरूका निम्ति, साथै लाओडिसिया र हिरापोलिसमा भएकाहरूका निम्ति तिनको ठूलो जोश छ।
14 प्रिय वैद्य लूका र डेमासले तिमीहरूलाई सलाम पठाउँदैछन्।
15 लाओडिसियामा भएका भाइहरूलाई, साथै नुम्फास र उनको घरमा भएको मण्डलीलाई सलाम भनिदेओ! 16 अनि यो पत्र तिमीहरूको बीचमा पढ़िएपछि यो लाओडिसियावासीहरूको मण्डलीमा पनि पढ़्न लगाओ; अनि यसरी नै तिमीहरूले लाओडिसियाबाट आएको पत्र पढ़! 17 अनि अर्खिप्पसलाई भनिदेओ: ‘प्रभुमा तिमीले जुन सेवा पाएका छौ, त्यो सेवा पूरा गर्नलाई त्यसको विषयमा होशियार होऊ!’ 18 म पावलको, आफ्नै हातले लेखेको सलाम! मेरा बन्धनको सम्झना गर! अनुग्रह तिमीहरूसित रहोस्! आमेन।