सबैलाई भलाइ गरौं!
6
भाइहरूहो, कोही मानिस कुनै अपराधमा पक्राउ पर्यो भने, तिमी आत्मिकहरूले त्यस्तोलाई नम्रताको आत्माले उठाओक, र कहीं तिमी आफै पनि परीक्षामा पर्छौ कि भनेर आफूलाई विचार गर! 2 तिमीहरूले एक-अर्काका भारहरू उठाइदेओ, र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर! 3 किनकि यदि कसैले आफू केही नभए तापनि केही हुँ भन्ने सम्झन्छ भने त्यसले आफैलाई धोका दिन्छ; 4 तर हरेकले आफ्नै काम जाँचोस्, र तब उसले आफ्नै विषयमा मात्र गर्व गर्ने अवसर पाउनेछ, अर्काको विषयमा होइन। 5 किनकि हरेकले आफ्नै भारी बोक्नेछ।6 जसले वचनको शिक्षा पाउँछ, उसले सिकाउनेलाई सबै असल कुराहरूमा भागी बनाओस्! 7 धोकामा नपर! परमेश्वर ठट्टामा उड़ाइनुहुन्न; किनकि मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ। 8 किनकि जसले आफ्नै शरीरका निम्ति छर्छ, त्यसले शरीरबाट विनाशको कटनी गर्नेछ; तर जसले आत्माका निम्ति छर्छ, उसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ। 9 अनि हामी भलाइ गर्न नथाकौं; किनकि हरेस खाएनौं भने हामी ठीक समयमा कटनी गर्नेछौं। 10 यसकारण हामीसँग मौका हुँदा नै सबैका लागि भलाइको काम गरौं, विशेष गरेर विश्वासका घरानाकाहरूका लागि गरौं!
11 हेर, मैले आफ्नै हातले कति ठूला-ठूला अक्षरहरूमाख तिमीहरूलाई लेखेको छु। 12 जतिजनाले शरीरमा सुन्दर रूप देखाउन चाहन्छन्, तिनीहरूले ख्रीष्टको क्रूसका निम्ति सतावटमा पर्नु नपरोस् भनेर मात्र तिमीहरूलाई खतना गराउनलाई कर लाउँछन्। 13 किनकि ती खतना भएकाहरू आफैले पनि व्यवस्थाको पालन गर्ने त होइनन्, तर तिमीहरूको शरीरको विषयमा घमण्ड गर्न पाऊन् भनेर तिनीहरूले तिमीहरूलाई चाहिँ खतना गराउन चाहन्छन्।
14 तर हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा बाहेक अरू कुनै कुरामा म गर्व गर्दै गर्दिनँ, जसद्वाराग संसार मेरा निम्ति र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छु। 15 किनकि ख्रीष्ट येशूमा न खतना, न ता विनाखतना केही कामको छ, तर नयाँ सृष्टि। 16 अनि जतिजना यस नियमअनुसार हिँड़्छन्, उनीहरूमाथि र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहिरहून्!
17 अबदेखि उसो कसैले मलाई दुःख नदेओस्, किनकि म मेरो शरीरमा प्रभु येशूका दागहरू लिएर हिँड़्छु।
18 भाइहरूहो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्माको साथमा रहोस्! आमेन।