हबक्कूकको भजन
3
शिग्गायोनोतको रागमाक भविष्यवक्ता हबक्कूकको प्रार्थना:2 “हे परमप्रभु, मैले तपाईंको कीर्तिख सुनें, र म डराएँ; हे परमप्रभु, वर्षहरूको बीचमै आफ्नो काम पुनर्जीवित पार्नुहोस्! वर्षहरूको बीचमै त्यसलाई प्रकट गर्नुहोस्ग! क्रोधमा कृपालाई सम्झना गर्नुहोस्!
3 परमेश्वर तेमानबाट, अँ, पवित्र जनचाहिँ पारान पहाड़बाट आउनुभयो। सेलाघ
उहाँको महिमाले आकाशलाई ढाक्यो, र पृथ्वीचाहिँ उहाँको प्रशंसाले भरपूर थियोङ।
4 अनि उहाँको चमक ज्योतिजस्तो थियो; उहाँको हातबाट उहाँका किरणहरूच निस्कन्थे; अनि त्यहाँ उहाँको सामर्थ्यको लुक्ने ठाउँ थियो।
5 उहाँको अघि-अघि महामारी जान्थ्यो, अनि उहाँका पाउहरूनेर जलिरहेका तापछ निस्कन्थे।
6 उहाँ उभिनुभयो, र उहाँले पृथ्वीलाई नाप्नुभयो; उहाँले हेर्नुभयो र जाति-जातिहरूलाई थर्कमान पार्नुभयो; अनि ती सनातनका पहाड़हरू तितरबितर भए, र सदाकालका पहाड़हरू झुके; उहाँका बाटाहरूछ अनन्त छन्।
7 मैले कुशानका पालहरूलाईज कष्टमा परेका देखें; मिद्यान देशका पर्दाहरू थरथराए।
8 हे परमप्रभु, के तपाईं नदीहरूसँग क्रोधित हुनुभएको थियो? के तपाईंको रिस नदीहरूको विरोधमा थियो? अथवा के तपाईंको क्रोध समुद्रको विरोधमा थियो, कि तपाईं आफ्ना घोड़ाहरूमाथि, अँ, आफ्ना उद्धारका रथहरूमाथि सवार हुनुभएको?
9 तपाईंको धनु बिलकुलै नाङ्गो पारियो – कुलहरूसँग बाँधिएका शपथहरूरूपी तपाईंको वचनअनुसार। सेलाघ
तपाईंले पृथ्वीलाई नदीहरूले चिर्नुभयो।
10 पहाड़हरूले तपाईंलाई देखे, र थरथर कामे; उर्लिरहेको पानीझ माथिबाट बहेर गयो; गहिरो सागरले आफ्नो आवाज निकाल्यो र आफ्ना हातहरूञ माथि-माथिसम्म उठायो।
11 सूर्य र चन्द्रमा आ-आफ्नो वासस्थानमा अड़िरहे; तपाईंका काँड़हरूको ज्योतिमा र तपाईंको टल्कने भालाको चमकमा ती हिँड़े।
12 आफ्नो क्रोधमा तपाईंले देशबाटठ भएर प्रस्थान गर्नुभयोड; आफ्नो रिसमा तपाईंले जाति-जातिलाई झाँट्नुभयोढ।
13 आफ्नो प्रजाको उद्धारका निम्ति, अँ, आफ्नो अभिषिक्त जनको साथमा तपाईं उद्धारका निम्ति निस्कनुभयो; तपाईंले दुष्टको घरानाको टाउकोलाई त्यसको जग घिच्रोसम्मै नाङ्गो पारेर घायल पार्नुभयो। सेला घ
14 तपाईंले त्यसका गाउँहरूको अगुवालाई त्यसकै भालाहरूलेण छेंड़िदिनुभयो; मलाई तितरबितर पार्नलाई तिनीहरू भुमरीझैं निस्केर आए; तिनीहरूको रमाहटचाहिँ गुप्तमा दरिद्रलाईत निल्नुजस्तो थियो।
15 आफ्ना घोड़ाहरू लिएर तपाईं समुद्रबाट भएर, महासागरको चुलीबाट भएर हिँड़्नुभयो।
16 जब मैले यो सुनें, तब मेरो मनथ लगलग काम्यो; आवाज सुनेर मेरा ओठहरू थरथराए; मेरा हड्डीहरूमा सड़ावट पस्यो, र म भित्रभित्रै थरथर काम्न थालें; यसैले म सङ्कष्टको दिनमा विश्राम पाउनेछु, जब त्यसले यस जातिको विरोधमा चढ़ाइ गर्छ; आफ्नो फौज लिएरद त्यसले यिनीहरूलाईध हमला गर्नेछ।
17 चाहे नेभाराको रूख नफुलोस् र दाखका बोटहरूमा कुनै फल नलागोस्; चाहे जैतुनको रूखको मेहेनत खेर जाओस् र खेतबारीहरूले खानेकुरा नउब्जाऊन्; चाहे खोरबाट भेड़ाबाख्राहरू नष्ट होऊन् र गोठहरूमा केही गाईबस्तु नरहून्,
18 तापनि मचाहिँ परमप्रभुमा रमाउनेछु; मेरो उद्धारका परमेश्वरमा म हर्षित हुनेछु।
19 प्रभु यहोवा मेरो बल हुनुहुन्छ; अनि उहाँले मेरा पाउहरू हरिणीहरूका जस्ता तुल्याउनुहुनेछ; अनि उहाँले मलाई मेरा अग्ला ठाउँहरूमाथि हिँड़ाउनुहुनेछ।” प्रधान वादकको निम्ति, मेरा तारवाला बाजाहरूमा।