इस्राएलको खराब चाल
7
“मलाई हाय! किनकि म त ग्रीष्मऋतुका फलहरू बटुलिसकेको बेलामा आएझैं, अङ्गुरको फसलका सिला-फलहरूको टिपाइपछि आएझैं भएको छु; खानलाई कुनै अङ्गुरको झुप्पा छैन; मेरो मनले पहिले पाकेको फलको चाहना गरेको छ। 2 भक्तक जन पृथ्वीबाट नाश भएको छ; अनि मानिसहरूको बीचमा सीधा चालको एउटै पनि मानिस छैन; तिनीहरू सबै रक्तपात गर्न ढुकेर बस्छन्; तिनीहरू हरेकले जाल थापेर आ-आफ्नो दाजुभाइको शिकार गर्छन्। 3 दुवै हातले तनमनलेख खराबी गरून् भनेर शासक र न्यायकर्ता दुवैले घूस माग्छन्, अनि ठूलो मानिसले चाहिँ आफ्नो विनाशकारीग चाहनाघ प्रकट गर्दछङ; यसरी तिनीहरूले त्यसलाई टेढ़ामेढ़ा पार्छन्च। 4 तिनीहरूमध्ये जो सबभन्दा असल छ, त्यो काँड़ाको झाङजस्तोछ छ; जो सबभन्दा सीधा छ, त्यो काँड़ाको बारभन्दा तीखो छ; तेरा पहरेदारहरूको दिन, तेरो दण्ड आइरहेको छ; अब तिनीहरूको व्याकुलता हुनेछ।5 तिमीहरूले आफ्नो साथीलाईज विश्वास नगर, न ता आफ्नो घनिष्ठ मित्रमाथि नै भरोसा राख! तिम्रो छातीमा सुत्नेबाट पनि आफ्नो मुखका ढोकाहरू सुरक्षित राख! 6 किनभने छोराले बुबालाई अनादर गर्छ, छोरी आफ्नी आमाको विरोधमा, र बुहारी आफ्नी सासूको विरोधमा उठ्छे; मानिसका शत्रुहरू आफ्नो घरकै मानिसहरू हुन्छन्।
7 यसकारण म परमप्रभुतिर हेर्नेछु; म मेरा उद्धारका परमेश्वरको बाटो हेर्नेछु; मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।”
म लोटें भने पनि म फेरि उठ्नेछु
8 “हे मेरी शत्रुनी, मेरो विरोधमा आनन्द नगर्! म लोटें भने पनि म उठ्नेछु; मैले अन्धकारमा बस्नुपरे तापनि परमप्रभु मेरा निम्ति ज्योति हुनुहुनेछ। 9 जबसम्म परमप्रभुले मेरो मुद्दा लड़्नुहुन्न र मेरा निम्ति न्याय गर्नुहुन्न, तबसम्म म उहाँको क्रोध सहनेछु; किनभने मैले उहाँको विरोधमा पाप गरेको छु; उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ, र म उहाँको धार्मिकता देख्नेछु। 10 तब मेरी शत्रुनीले त्यो देख्नेछे, र शर्मले त्यसलाई छोप्नेछ, जसले मलाई भन्ने गर्थी: ‘परमप्रभु तेरो परमेश्वर कहाँ छ?’ मेरा आँखाहरूले त्यसलाई देख्नेछन्; अब त्यो सड़कहरूको हिलोझैंझ कुल्चिइनेछे।
11 तेरा पर्खालहरू निर्माण गर्ने दिनमा, त्यस दिनमा, तेरो आदेशञ टाढ़ासम्म सारिनेछ। 12 त्यस दिन अश्शूर र किल्लाबन्दीट शहरहरूदेखि, अनि किल्लादेखिठ यूफ्रेटिस नदीसम्मड नै, अनि एक समुद्रदेखि अर्को समुद्रसम्म र एक पहाड़देखि अर्को पहाड़सम्म मानिसहरू तँकहाँ आउनेछन्। 13 तरै पनि त्यसमा बस्नेहरूले गर्दा, तिनीहरूका कामहरूको फलको कारणले त्यो देश उजाड़ हुनेछ।
14 आफ्नो लाठी लिएर आफ्नो प्रजालाई अर्थात् तपाईंको पैतृक सम्पत्तिरूपी बगाललाई चराउनुहोस्, जुन बगाल कर्मेलको बीचमा वनमा एकलै बस्छ; उहिलेका समयमा जस्तो तिनीहरू बाशान र गिलादमा चरून्! 15 मिस्र देशबाट तँ निस्केर आएका दिनहरूमा जस्तै म उसलाई अद्भूत कुराहरूढ देखाउनेछु। 16 जाति-जातिका मानिसहरूले देख्नेछन्, र आफ्नो सारा शक्तिसँग लज्जित हुनेछन्; तिनीहरूले आ-आफ्नो हात आफ्नो मुखमाथि राख्नेछन्; तिनीहरूका कानहरू बहिरा हुनेछन्। 17 तिनीहरूले साँपले झैं धूलो चाट्नेछन्, तिनीहरू पृथ्वीका घस्रने जन्तुहरूझैं आफ्ना दुलाहरूबाट छटपटाउँदै निस्कनेछन्; तिनीहरू परमप्रभु हाम्रा परमेश्वरकहाँ भयभीत हुँदै आउनेछन्ण र तपाईंसँग डराउनेछन्।
18 तपाईंजस्तो परमेश्वर को छ र? जसले अधर्म क्षमा गर्नुहुनेछ, र आफ्नो पैतृक सम्पत्तिबाट बाँकी रहेकाहरूकोत अपराध छोड़िदिनुहुन्छ; उहाँले आफ्नो रिस सधैंभरि राखिछोड़्नुहुन्नथ; किनभने उहाँ कृपा देखाउनमा प्रसन्न हुनुहुन्छ। 19 उहाँ फर्कनुहुनेछ; उहाँले हामीलाई टिठ्याउनुहुनेछ; उहाँले हाम्रा अधर्महरू वशमा पार्नुहुनेछ; अनि तपाईंले तिनीहरूका सबै पापहरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ। 20 तपाईंले याकूबका निम्ति सत्यता र अब्राहामका निम्ति कृपा देखाउनुहुनेछ, जसको विषयमा तपाईंले प्राचीनकालदेखि नै हाम्रा पितापुर्खाहरूसँग शपथ खानुभएको थियो।”