अय्यूबको पश्चात्ताप
42
तब अय्यूबले परमप्रभुलाई जवाफ दिएर भने: 2 “म जान्दछु, तपाईंले सबै कुरा गर्न सक्नुहुन्छ, र तपाईंबाट कुनै पनि विचार पूरा नभई छोड़िनेछैन। 3 ‘त्यो को हो, जसले ज्ञानहीन भएर युक्ति लुकाउँछ?’ यसैकारण जे मैले बुझिनँ, त्यही मैले बोलें – कुराहरू, जो मेरा निम्ति साह्रै अद्भूत थिए, जो मैले जानिनँ। 4 तपाईंले भन्नुभयो: ‘सुन, म तिमीलाई विन्ती गर्छु, र म बोल्नेछु; म तिमीलाई प्रश्न गर्नेछु, र तिमीले मलाई बताऊ!’ 5 मैले तपाईंको विषयमा कानले सुनेको थिएँ, तर अहिले मेरो आँखाले तपाईंलाई देख्दैछ। 6 यसैकारण म आफैलाई घृणा गर्दछु, अनि धूलो र खरानीमा बसेर पश्चात्ताप गर्दछु।”7 अनि यस्तो भयो: परमप्रभुले यी वचनहरू अय्यूबलाई भन्नुभएपछि परमप्रभुले तेमानी एलिपजलाई भन्नुभयो: “मेरो क्रोध तिमी र तिम्रा दुई साथीहरूको विरोधमा दन्किरहेको छ; किनकि मेरा दास अय्यूबले जस्तो तिमीहरूले मेरो विषयमा जे ठीक छ, त्यही कुरा बोलेनौ। 8 यसकारण अब आफ्ना निम्ति सातवटा बहर र सातवटा भेड़ा लिएर मेरा दास अय्यूबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढ़ाओ! अनि मेरा दास अय्यूबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ; किनकि उसलाई म ग्रहण गर्नेछु; नत्र ता तिमीहरूको मूर्खताअनुसार म तिमीहरूसित व्यवहार गर्नेछु; किनकि मेरा दास अय्यूबले जस्तो तिमीहरूले मेरो विषयमा जे ठीक छ, त्यही कुरा बोलेनौ।”
9 तब तेमानी एलिपज, शूही बील्दद र नामाती सोपर गए, र परमप्रभुले तिनीहरूलाई आज्ञा गर्नुभएअनुसार गरे; अनि परमप्रभुले अय्यूबलाई ग्रहण गर्नुभयो।
अय्यूबले दोबर आशिष् पाउँछन्
10 अनि जब अय्यूबले आफ्ना साथीहरूका निम्ति प्रार्थना गरे, तब परमप्रभुले अय्यूबकोक कैदलाई बदली गरिदिनुभयोख, साथै परमप्रभुले अय्यूबलाई तिनीसित पहिले जत्ति थियो, त्यसको दुई गुणा दिनुभयो। 11 तब तिनका सबै दाजुभाइहरू, तिनका सबै दिदीबहिनीहरू, र तिनका पहिलेका सबै चिनारुहरू तिनीकहाँ आए, र तिनीहरूले तिनीसित तिनको घरमा भोजन गरेग; अनि परमप्रभुले तिनीमाथि ल्याउनुभएको सारा विपत्तिको विषयमा तिनीहरूले तिनीसँग विलाप गरे, र तिनलाई सान्त्वना दिए; अनि हरेकले तिनलाई चाँदीको एक-एक टुक्रा,घ साथै हरेकले एक-एक सुनको कुण्डल दिए। 12 तब परमप्रभुले अय्यूबको पछिल्लो दिनलाईङ तिनको शुरुको दिनलाईच भन्दा बढ़ी आशिष् दिनुभयो; किनकि तिनीसँग चौध हजार भेड़ाबाख्रा, छ हजार ऊँट, हजार हल गोरु र हजार गधैनीहरू भए। 13 अनि तिनका सातजना छोरा र तीनजना छोरी पनि भए। 14 अनि तिनले जेठीको नाम यमिमाछ, माहिलीको नाम कसियाज, र कान्छीको नाम केरेन् हप्पूकझ राखे। 15 अनि सम्पूर्ण देशभरि अय्यूबका छोरीहरूजस्ता सुन्दरी अरू कुनै स्त्री पाइएन; अनि तिनीहरूका बुबाले तिनीहरूलाई तिनीहरूका दाजुभाइहरूको बीचमा पैतृक सम्पत्ति दिए।