यहूदामा यहोआहाजको शासन
36
तब देशका मानिसहरूले योसियाहका छोरा यहोआहाजलाई लिए, र तिनलाई यरूशलेममा तिनका बुबाको सट्टामा राजा बनाए। 2 राज्य गर्न शुरु गर्दा यहोआहाज तेइस वर्षका थिए; र तिनले यरूशलेममा तीन महिना राज्य गरे। 3 तब मिस्र देशका राजाले तिनलाई यरूशलेममा हटाइदिए, र देशमाथि एक सय किक्कर चाँदी र एक किक्कर सुन जरिमाना लगाइदिए। 4 अनि मिस्र देशका राजाले तिनका दाजु एल्याकिमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए, र उनको नाम बदली गरेर यहोयाकिम राखे। तर तिनका भाइ यहोआहाजलाई नेकोले लगे, र तिनलाई मिस्रमा लिएर गए।यहूदामा यहोयाकिमको शासन
5 राज्य गर्न शुरु गर्दा यहोयाकिम पच्चीस वर्षका थिए; अनि उनले यरूशलेममा एघार वर्ष राज्य गरे। अनि उनले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे खराब थियो, त्यही गरे। 6 बाबेलका राजा नबूकद्नेस्सरले उनीमाथि चढ़ाइ गरे, र उनलाई बाबेलमा लैजान उनलाई पित्तलका नेलहरूले बाँधे। 7 अनि नबूकद्नेस्सरले परमप्रभुको भवनका कतिपय भाँड़ाकुँड़ाहरू लगे, र ती थोकहरू बाबेलमा आफ्नो मन्दिरमा राखे।
8 अनि यहोयाकिमका अरू बाँकी कामकुराहरू, उनले गरेका तिनका घिनलाग्दा कामहरू र उनको विरोधमा पाइएको अभियोग – हेर, ती कुराहरू इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। अनि उनको सट्टामा उनका छोरा यहोयाकिनले राज्य गरे।
यहूदामा यहोयाकिनको शासन
9 राज्य गर्न शुरु गर्दा यहोयाकिन आठ वर्षका थिए; अनि तिनले यरूशलेममा तीन महिना दस दिन राज्य गरे। अनि तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे। 10 अनि त्यो वर्ष बितेपछि राजा नबूकद्नेस्सरले पठाए, र तिनलाई परमप्रभुको भवनका बहुमूल्यक भाँड़ाकुँड़ाहरूसहित बाबेलमा लगेख, अनि तिनका दाजुग सिद्कियाहलाई यहूदा र यरूशलेमका राजा बनाए।
यहूदामा अन्तिम राजा सिद्कियाहको समयमा यरूशलेमको विनाश
11 राज्य गर्न शुरु गर्दा सिद्कियाह एक्काइस वर्षका थिए; अनि उनले यरूशलेममा एघार वर्ष राज्य गरे। 12 अनि उनले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे खराब थियो, त्यही गरे, र परमप्रभुको मुखबाट बोल्ने भविष्यवक्ता यर्मियाको सामु आफूलाई नम्र तुल्याएनन्। 13 अनि उनले पनि राजा नबूकद्नेस्सरको विरोधमा विद्रोह गरे, जसले उनलाई परमेश्वरको नाममा शपथ खान लगाएका थिए; तर उनले आफ्नो गर्दन कठोर पारे, र परमप्रभु इस्राएलका परमेश्वरकहाँ फर्कनदेखि आफ्नो हृदय कठोर पारे। 14 यसबाहेक पूजाहारीहरूका सबै प्रधानहरू र मानिसहरूले जाति-जातिका सबै घिनलाग्दा कामहरूअनुसार अपराधमाथि अपराध थपे र परमप्रभुले यरूशलेममा पवित्र तुल्याउनुभएको उहाँको भवनलाई अपवित्र पारे। 15 अनि सबेरै उठेर र पठाएर परमप्रभु उनीहरूका पितापुर्खाहरूका परमेश्वरले आफ्ना दूतहरूको हातद्वारा उनीहरूकहाँ पठाउनुभयो; किनभने उहाँले आफ्नो प्रजा र आफ्नो वासस्थानलाई टिठाउनुहुन्थ्यो। 16 तर उनीहरूले परमेश्वरका ती दूतहरूलाई खिस्सी गरे, उहाँका वचनहरूलाई तुच्छ ठाने र उहाँका भविष्यवक्ताहरूसित नराम्रो व्यवहार गरे, यहाँसम्म कि परमप्रभुको क्रोध आफ्नो प्रजामाथि दन्कियो, र कुनै उपाय रहेन।
17 यसैकारण उहाँले उनीहरूमाथि कल्दीहरूका राजालाई ल्याउनुभयो, जसले उनीहरूका जवान-जवान मानिसहरूलाई उनीहरूको पवित्रस्थानको भवनभित्रै तरवारले मारिदिए, अनि जवान, कन्या, वृद्ध र जर्जर कसैलाई पनि टिठाएनन्; उहाँले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो। 18 अनि परमेश्वरको भवनका ठूला-साना सबै भाँड़ाकुँड़ाहरू, परमप्रभुको भवनका धनसम्पत्तिघ अनि राजा र तिनका शासकहरूका धनसम्पत्तिघ – यी सबै तिनले बाबेलमा लगे। 19 अनि तिनीहरूले परमेश्वरको भवन जलाइदिए, यरूशलेमको पर्खाल भत्काइदिए, त्यसका सबै महलहरू आगोले जलाइदिए र त्यसका सबै बहुमूल्य भाँड़ाकुँड़ाहरू नष्ट गरिदिए। 20 अनि तरवारबाट उम्केकाहरूलाई तिनले कैद गरेर बाबेलमा लगे; अनि फारसको राज्यको शासन स्थापित नहोउन्जेल उनीहरू त्यहाँ तिनका र तिनका छोराहरूका कमारा भएर रहे; 21 देशले आफ्ना विश्रामदिनहरू उपभोग गरेको समयभरि,ङ यर्मियाको मुखबाट निस्केको परमेश्वरको वचन पूरा होस्; किनकि सत्तरी वर्ष पूरा गर्नलाई त्यो देश उजाड़ रहुन्जेल देशलेच विश्रामदिन मान्यो।
कैदमा लगिएकाहरूका निम्ति आशाको किरण
22 अनि फारसका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाको मुखबाट बोलिएको परमप्रभुको वचन पूरा होस् भनेर परमप्रभुले फारसका राजा कोरेसको आत्मा उत्तेजित पार्नुभयोछ, र तिनले आफ्नो सारा राज्यभरि नै एउटा उर्दी घोषणा गरे, र यसो भन्दै लेखेरज पनि प्रचारप्रसार गरे: 23 “फारसका राजा कोरेस यसो भन्नुहुन्छ, परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्यहरू मलाई दिनुभएको छ; अनि उहाँले मलाई यहूदामा भएको यरूशलेममा उहाँका निम्ति एउटा भवन निर्माण गर्ने आज्ञा दिनुभएको छ। उहाँका सबै जनहरूमध्ये को तिमीहरूको बीचमा छ? परमप्रभु उसका परमेश्वर उसको साथमा रहून्, र ऊ माथि जाओस्!”