दाऊदले इस्राएलका मानिसहरूलाई गन्न लाए
24
अनि परमप्रभुको क्रोध फेरि इस्राएलको विरोधमा दन्कियो, र उहाँले तिनीहरूको विरोधमा दाऊदलाई यसो भन्न सुर्याउनुभयो: “जाऊ, इस्राएल र यहूदा गन्ती गर!” 2 किनभने राजाले आफ्नो साथमा भएका सेनापति योआबलाई भने: “अब दानदेखि बेरशेबासम्म चारैतिर इस्राएलका सबै कुलहरूबाट भएर चहारिजाऊ, र तिमीहरूले मानिसहरूलाई गन्ती गर, र म मानिसहरूको संख्या जान्न सकूँ!” 3 तब योआबले राजालाई भने: “अब मानिसहरू जति नै धेर किन नहोऊन्, तिनीहरूमा परमप्रभु तपाईंका परमेश्वरले सय गुणा थपिदिऊन्, र मेरा प्रभु राजाका आँखाहरूले यो देखून्! तर मेरा प्रभु राजा किन यस विषयमा खुशी हुनुहुन्छ?” 4 तरै पनि राजाकै वचन योआब र सेनाका कप्तानहरूमाथि प्रबल भयो। अनि योआब र सेनाका कप्तानहरू राजाको उपस्थितिबाट इस्राएलका मानिसहरूको गन्ती लिन निस्केर गए। 5 अनि तिनीहरूले यर्दन पार गरे, अनि गादको नदीकोक बीचमा बसेको अरोएरमा, त्यस शहरको दाहिनेपट्टि र याजेरतर्फ छाउनी हाले। 6 त्यसपछि तिनीहरू गिलादमा आए, अनि तहतिम-होद्शीको मुलुकमा आए; अनि तिनीहरू दान-यानमा आए, र फेरो मारेर सिडोनमा आइपुगे। 7 अनि तिनीहरू टायरको किल्लामा आए, अनि हिव्वी र कनानीहरूका सबै शहरहरूमा आए; अनि तिनीहरू यहूदाको दक्षिणतिर बेरशेबासम्म गए। 8 अनि सम्पूर्ण देशको चारैतिर चहारिसकेपछि तिनीहरू नौ महिना बीस दिनको अन्तमा यरूशलेममा आइपुगे। 9 अनि योआबले मानिसहरूको जम्मा संख्या राजालाई सुम्पिदिए; अनि इस्राएलमा आठ लाख तरवार चलाउने शूरवीरहरू रहेछन्, अनि यहूदाका मानिसहरू पाँच लाख रहेछन्।यसो गरेको कारणले इस्राएलीहरूले परमेश्वरको दण्ड भोगे
10 अनि दाऊदले मानिसहरूको गन्ती लिसकेपछि उनको हृदयले उनलाई हिर्काउन थाल्यो; तब दाऊदले परमप्रभुलाई भने: “मैले यो काम गरेर ठूलो पाप गरेको छु; अनि अब हे परमप्रभु, म तपाईंलाई विन्ती गर्छु, तपाईंको दासको अधर्म हटाइदिनुहोस्; किनभने मैले साह्रै मूर्ख काम गरेको छु।” 11 किनकि बिहानै जब दाऊद उठे, तब परमप्रभुको वचन दाऊदका दर्शी गादकहाँ यसो भन्दै आयो: 12 “जाऊ, र दाऊदलाई भन: परमप्रभु यसो भन्नुहुन्छ, म तिमीमाथि तीन कुरा लगाउँछु; तीमध्ये एउटा कुरा आफ्ना निम्ति रोज, जुनचाहिँ म तिम्रा निम्ति गर्नेछु!” 13 तब गाद दाऊदकहाँ आए, र उनलाई यो बताए, र उनलाई भने: “के तिम्रो देशमा सात वर्षसम्म तिमीमाथि अनिकाल आओस्? वा के तिमी तीन महिनासम्म तिम्रा शत्रुहरूको सामुबाट, तिनीहरूले तिमीलाई पिछा गर्दा भागिबस्छौ? अथवा के तिम्रो देशमा तीन दिनसम्म महामारी चलोस्? अब विचार गर्नुहोस् र हेर्नुहोस्, मलाई पठाउनुहुनेकहाँ म के जवाफ फर्काएर लैजाऊँ?” 14 तब दाऊदले गादलाई भने: “म ठूलो आपदमा छु; अब हामी परमप्रभुकै हातमा परौं; किनकि उहाँका कोमल कृपाहरू महान्ख छन्; तर म मानिसको हातमा पर्नु नपरोस्!”
15 तब परमप्रभुले त्यस बिहानदेखि तोकिएको समयसम्म इस्राएलमाथि एउटा महामारी पठाउनुभयो; अनि मानिसहरूबाट, दानदेखि बेरशेबासम्म सत्तरी हजार पुरुषहरू मरे। 16 अनि जब स्वर्गदूतले यरूशलेममाथि, त्यसलाई नाश गर्न आफ्नो हात बढ़ाए, तब परमप्रभुले त्यस विपत्तिको विषयमा पछुताउनुभयो, र मानिसहरूलाई नाश गर्ने दूतलाई भन्नुभयो: “भयो; अब आफ्नो हात थाम!” अनि परमप्रभुको दूत यबूसी अरौनाको खलाको छेउमा थिए। 17 अनि जब दाऊदले मानिसहरूलाई मार्ने ती दूतलाई देखे, तब परमप्रभुसँग उनले बोले, र भने: “हेर्नुहोस्, पाप त मैले गरेको छु, र मैले नै दुष्ट काम गरेको छु; तर यी भेड़ाहरू – यिनीहरूले के गरेका छन् र? म तपाईंलाई विन्ती गर्छु, तपाईंको हात ममाथि र मेरा बुबाको घरानामाथि परोस्!”
18 अनि त्यस दिन गाद दाऊदकहाँ आएर उनलाई भने: “माथि जाऊ, यबूसी अरौनाको खलामा परमप्रभुका निम्ति एउटा वेदी खड़ा गर!” 19 अनि गादको वचनअनुसार दाऊद परमप्रभुले आज्ञा गर्नुभएअनुसार माथि गए। 20 अनि अरौनाले हेरे, अनि राजा र उनका नोकरहरूलाई आफूकहाँ आइरहेका देखे; अनि अरौना बाहिर निस्के, र भुइँसम्म आफ्नो शिर झुकाएर राजालाई दण्डवत् गरे। 21 अनि अरौनाले भने: “मेरा प्रभु राजा आफ्नो दासकहाँ किन आउनुभयो?” अनि दाऊदले भने: “मानिसहरूबाट यो महामारी थामियोस् भनी परमप्रभुका निम्ति एउटा वेदी बनाउनलाई म तिमीबाट यो खला किन्न आएको हुँ।” 22 तब अरौनाले दाऊदलाई भने: “मेरा प्रभु राजालाई जे असल लाग्छ, त्यो लिनुहोस्, र चढ़ाउनुहोस्; हेर्नुहोस्, होमबलिका निम्ति यी बहरहरू यहाँ छन्, अनि दाउराका निम्ति दाइँ गर्ने सामानहरू र बहरहरूका सामानहरू यहाँ छन्। 23 यी सबै कुराहरू हे राजा, अरौनाले राजालाई दिन्छ।” अनि अरौनाले राजालाई भने: “परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई ग्रहण गरून्!” 24 अनि राजाले अरौनालाई भने: “हुँदैन; तर म निश्चय दाम दिएरै यो तिमीबाट किन्नेछु; अनि सित्तैंमा म परमप्रभु मेरा परमेश्वरलाई होमबलिहरू चढ़ाउनेछैनँ।” तब पचास शेकेल चाँदी दिएर दाऊदले त्यो खला र ती बहरहरू किने। 25 अनि त्यहाँ दाऊदले परमप्रभुका निम्ति एउटा वेदी बनाए, अनि होमबलिहरू र मेलबलिहरू चढ़ाए। तब परमप्रभुले देशका निम्ति विन्ती सुन्नुभयो, अनि इस्राएलबाट यो महामारी थामियो।