सलोफादका छोरीहरूको अधिकारको भागको निधो
36
यूसुफका छोराहरूका परिवारहरूबाट मनस्सेको नाती, माकीरका छोरा गिलादका छोराहरूका परिवारहरूका बुबारूपी अगुवाहरू नजिक आए, अनि मोशा र शासकहरू अर्थात् इस्राएलीहरूका बुबाहरूका परिवारहरूका अगुवाहरूको सामु कुरा गरे। 2 अनि तिनीहरूले भने: “पैतृक सम्पत्तिको रूपमा इस्राएलीहरूलाई त्यो देश गोला हालेर बाँड़िदिनू भनी परमप्रभुले मेरा प्रभुलाईक आज्ञा गर्नुभएको थियो; अनि हाम्रो भाइ सलोफादको अधिकारको भागचाहिँ उसका छोरीहरूलाई दिनू भनी मेरा प्रभुलाईक परमप्रभुद्वारा आज्ञा भएको थियो। 3 अनि यदि इस्राएलीहरूका अरू कुलहरूको कुनै पुरुषसँग तिनीहरूको विवाह भयो भने तिनीहरूको अधिकारको भागचाहिँ हाम्रा बुबाहरूको अधिकारको भागबाट काटिनेछख र त्यस कुलको अधिकारको भागमा थपिनेछ, जसका तिनीहरू भएका छन्; यसरी त्यो हाम्रो अधिकारको भागको हिस्साबाट काटिनेछख। 4 अनि जब इस्राएलीहरूको जुबिली आउँछ, तब तिनीहरूको अधिकारको भाग, तिनीहरू जुन कुलका भएका छन्, त्यसको अधिकारको भागमा थपिनेछ; यसरी तिनीहरूको अधिकारको भाग हाम्रा बुबाहरूको कुलको अधिकारको भागबाट काटिनेछख।”5 तब परमप्रभुको वचनअनुसार मोशाले इस्राएलीहरूलाई यसो भन्दै आज्ञा गरे: “यूसुफका छोराहरूको कुलले ठीक भन्दैछन्। 6 सलोफादका छोरीहरूको विषयमा परमप्रभुले यसो भन्दै आज्ञा गर्नुभएको कुरा यही हो: तिनीहरूलाई जो असल लाग्छ, तिनीहरूले उनीहरूसित विवाह गरून्ग; तर तिनीहरूले आफ्नै बुबाको कुलको घरानाकाहरूसित मात्र विवाह गरून्ग; 7 यसरी इस्राएलीहरूको अधिकारको भाग एउटा कुलबाट अर्को कुलमा नजाओस्; किनकि इस्राएलीहरू हरेक आ-आफ्ना बुबाको कुलको अधिकारको भागमा रहिरहून्! घ” 8 अनि इस्राएलीहरूको कुनै पनि कुलमा अधिकारको भाग पाएकी हरेक छोरीले आफ्नै बुबाको कुलको घरानाको कुनै पुरुषसित विवाह गरोस्ग; यसरी इस्राएलीहरू हरेक आ-आफ्ना बुबाको अधिकारको भागका अधिकारी होऊन्! 9 र कुनै अधिकारको भाग एउटा कुलबाट अर्को कुलमा नजाओस्; किनकि इस्राएलीहरूका कुलहरूमा हरेक आ-आफ्नो अधिकारको भागमा रहिरहोस्! घ”
10 परमप्रभुले मोशालाई जस्तो आज्ञा गर्नुभयो, सलोफादका छोरीहरूले त्यस्तै गरे: 11 किनकि सलोफादका छोरीहरू महला, तिर्सा, होग्ला, मिल्का र नोआले आफ्नै बुबाका दाजुभाइहरूका छोराहरूसँग विवाह गरेङ। 12 यूसुफको छोरा मनस्सेका छोराहरूका परिवारहरूभित्र तिनीहरूको विवाह भयो, र तिनीहरूको अधिकारको भाग तिनीहरूको बुबाको घरानाको कुलमा रहिरह्यो।
13 यी ती नै आज्ञाहरू र नियमहरू हुन्, जुन आज्ञा र नियमहरू मोआबका मैदानमा, यर्दनको किनारमा, येरिहोनिर परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई आज्ञा गर्नुभएको थियो।