एसावको वंशावली
36
अब एसाव अर्थात् एदोमका वंशहरू यी हुन्। 2 एसावले कनानका छोरीहरूमध्येबाट आफ्ना स्वास्नीहरू ल्याए: हित्ती एलोनकी छोरी आदा, र हिव्वी जिबोनकी छोरी अनाकी छोरी ओहोलीबामा, 3 साथै इश्माएलकी छोरी वा नबायोतकी बहिनी बासेमत। 4 अनि आदाले एसावको निम्ति एलीपाजलाई, र बासेमतले रूएललाई जन्माइन्। 5 अनि ओहोलीबामाले यऊश, यालाम र कोरहलाई जन्माइन्। यी एसावका छोराहरू हुन्, जो कनान देशमा तिनका निम्ति जन्मे। 6 अनि एसावले आफ्ना स्वास्नीहरू, आफ्ना छोराहरू, आफ्नी छोरीहरू, आफ्नो घरका सबै जनहरू, आफ्नो गाईबस्तु, आफ्ना सबै पशुहरू र कनान देशमा कमाएको आफ्नो सारा धनसम्पत्ति लिएर आफ्नो भाइ याकूबको सामुबाट अर्को देशमा गए; 7 किनकि उनीहरूका धनसम्पत्ति उनीहरू एकसाथ रहन नसक्ने गरी ज्यादै भए; अनि जुन देशमा उनीहरू परदेशी भएर बसेका थिए, त्यस देशले उनीहरूका गाईबस्तुले गर्दा उनीहरूलाई थाम्न सकेन। 8 यसैले एसाव सेईर पहाड़मा बस्न लागे। एसाव नै एदोम हुन्।9 अनि सेईर पहाड़मा एदोमीहरूका पुर्खा एसावका वंशहरू यी हुन्। 10 एसावका छोराहरूका नाम यी हुन्: एसावकी स्वास्नी आदाको छोरा एलीपाज; एसावकी स्वास्नी बासेमतको छोरा रूएल। 11 अनि एलीपाजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र केनज हुन्। 12 अनि तिम्नाचाहिँ एसावको छोरा एलीपाजकी उपपत्नी थिई; अनि उसले एलीपाजका निम्ति अमालेकलाई जन्माई; यीचाहिँ एसावकी स्वास्नी आदाका छोराहरू हुन्। 13 अनि रूएलका छोराहरू यी हुन्: नहत, जेरह, शम्मा र मिज्जा; यीचाहिँ एसावकी स्वास्नी बासेमतका छोराहरू हुन्। 14 अनि यीचाहिँ जिबोनकी छोरी अनाकी छोरी, एसावकी स्वास्नी ओहोलीबामाका छोराहरू हुन्। अनि तिनले एसावका निम्ति यऊश, यालाम र कोरहलाई जन्माइन्।
15 यिनीहरूचाहिँ एसावका छोराहरूमा अधिपतिहरू थिए। एसावका जेठा छोरा एलीपाजका छोराहरू: अधिपति तेमान, अधिपति ओमार, अधिपति सपो र अधिपति केनज, 16 अधिपति कोरह, अधिपति गाताम र अधिपति अमालेक। यिनीहरू एदोम देशमा, एलीपाजको वंशमा अधिपतिहरू थिए। यी आदाका छोराहरू थिए। 17 अनि यीचाहिँ एसावको छोरा रूएलका छोराहरू हुन्: अधिपति नहत, अधिपति जेरह, अधिपति शम्मा र अधिपति मिज्जा। यिनीहरू एदोमको देशमा रूएलको वंशमा अधिपतिहरू थिए। यी एसावकी पत्नी बासेमतका छोराहरू थिए। 18 अनि यिनीहरूचाहिँ एसावकी स्वास्नी ओहोलीबामाका छोराहरू हुन्: अधिपति यऊश, अधिपति यालाम र अधिपति कोरह। यिनीहरू एसावकी स्वास्नी अनाकी छोरी ओहोलीबामाको वंशमा अधिपतिहरू थिए। 19 यिनीहरू एसाव अर्थात् एदोमका छोराहरू हुन्; अनि यीचाहिँ तिनीहरूका अधिपतिहरू हुन्।
20 यीचाहिँ त्यस देशका बासिन्दाहरू अर्थात् होरी सेईरका छोराहरू हुन्: लोतान, शोबाल, जिबोन र अना; 21 अनि दीशोन, एसेर र दीशान। एदोम देशमा सेईरका छोराहरू अर्थात् होरीहरूका अधिपतिहरू यी नै हुन्। 22 अनि लोतानका छोराहरू होरी र हेमाम थिए; अनि तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्। 23 अनि यीचाहिँ शोबालका छोराहरू थिए: अल्वान, मानहत, एबाल, शपो र ओनाम। 24 जिबोनका छोराहरू यी हुन्: अय्या र अना। यी ती अना हुन्, जसले आफ्ना बुबा जिबोनका गधाहरू चराउँदा उजाड़स्थानमा तातो पानीका मूलहरू भेट्टाए। 25 अनि अनाका छोराहरू यी हुन्: दीशोन र अनाकी छोरी ओहोलीबामा। 26 अनि यी दीशोनका छोराहरू हुन्: हेम्दान, एश्बान, यित्रान र करान। 27 एसेरका छोराहरू यी हुन्: बिल्हान, जावान र अकान। 28 दीशानका छोराहरू यी हुन्: ऊज र अरान। 29 यिनीहरूचाहिँ होरीहरूका अधिपतिहरू हुन्: अधिपति लोतान, अधिपति शोबाल, अधिपति जिबोन र अधिपति अना। 30 अधिपति दीशोन, अधिपति एसेर र अधिपति दीशान। सेईर देशमा तिनीहरूका अधिपतिहरूको बीचमाक होरीहरूका अधिपतिहरू यी हुन्।
31 अनि इस्राएलीहरूमाथि कुनै राजाले राज्य गर्नुभन्दा पहिले एदोम देशमा राज्य गर्ने राजाहरू यी हुन्। 32 अनि बओरका छोरा बेलाले एदोममा राज्य गरे; अनि तिनको शहरको नाम दिन्हाबा थियो। 33 अनि बेला मरे; तब तिनको सट्टामा बोज्रामा बस्ने जेरहका छोरा योबाबले राज्य गरे। 34 अनि योबाब मरे; तब तिनको सट्टामा तेमानीहरूको देशका हूशामले राज्य गरे। 35 अनि हूशाम मरे; तब तिनको सट्टामा बददका छोरा हददले राज्य गरे, जसले मोआबको मैदानमा मिद्यानीहरूलाई जितेका थिए; अनि तिनको शहरको नाम अवीत थियो। 36 अनि हदद मरे; तब तिनको सट्टामा मस्रेकामा बस्ने सम्लाले राज्य गरे। 37 अनि सम्ला मरे; तब तिनको सट्टामा नदीको किनारको रहोबोतमा बस्ने शाऊलले राज्य गरे। 38 अनि शाऊल मरे; तब तिनको सट्टामा अक्बोरको छोरा बाल्-हानानले राज्य गरे। 39 अनि अक्बोरको छोरा बाल्-हानान मरे; तब तिनको सट्टामा हदरले राज्य गरे; अनि तिनको शहरको नाम पाऊ थियो; अनि तिनकी स्वास्नीको नाम महेतबेल थियो, जो मेजाहाबकी छोरी मत्रेदकी छोरी थिइन्।
40 अनि तिनीहरूका कुलहरू, तिनीहरूका ठाउँहरू र तिनीहरूका नामहरूअनुसार एसावका अधिपतिहरूका नाम यी हुन्: अधिपति तिम्ना, अधिपति अल्वा, अधिपति यतेत, 41 अधिपति ओहोलीबामा, अधिपति एला, अधिपति पीनोन, 42 अधिपति केनज, अधिपति तेमान, अधिपति मिब्जार, 43 अधिपति मग्दीएल र अधिपति ईराम। तिनीहरूले अधिकार गरेको देशमा तिनीहरूका वासस्थानहरूअनुसार एदोमका अधिपतिहरू यिनीहरू हुन्। तिनीचाहिँ एदोमीहरूका पुर्खा एसाव हुन्।