इसहाक र अबिमेलेक
26
अनि त्यस देशमा अनिकाल पर्यो; यसबाहेक अब्राहामको समयमा पहिले अनिकाल परेको थियो। अनि इसहाक गरारमा, पलिस्तीहरूका राजा अबिमेलेककहाँ गए। 2 अनि परमप्रभु उनीकहाँ देखा पर्नुभयो, र भन्नुभयो: “तल मिस्रमा नजाऊ; त्यही देशमा बस, जसको विषयमा म तिमीलाई बताउनेछु! 3 यही देशमा बसोबास गर, र म तिम्रो साथमा हुनेछु र तिमीलाई आशिष् दिनेछु; किनकि म यी सबै देशहरू तिमीलाई र तिम्रो वंशलाई दिनेछु; मैले तिम्रा बुबा अब्राहामसँग जुन शपथ खाएको थिएँ, त्यो शपथ म पूरा गर्नेछु; 4 अनि म तिम्रो वंशलाई आकाशका ताराहरूझैं बढ़ाउनेछु, र यी सबै देशहरू तिम्रो वंशलाई दिनेछु; अनि तिम्रो वंशमा पृथ्वीका सबै जातिहरू आशिषित हुनेछन्; 5 किनकि अब्राहामले मेरो कुरा माने, र मैले सुम्पेको अभिभारा पूरा गरे अर्थात् मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा व्यवस्थाहरू पालन गरे।” 6 तब इसहाक गरारमा बसे।7 अनि त्यस ठाउँका मानिसहरूले उनलाई उनकी पत्नीको विषयमा सोधे; अनि उनले भने: “तिनी मेरी बहिनी हुन्”; कतै रिबेकाको कारणले त्यस ठाउँका मानिसहरूले मलाई मार्लान् कि भन्ठानेर ‘तिनी मेरी पत्नी हुन्’ भन्न उनी डराए; किनकि तिनी हेर्नमा सुन्दरी थिइन्। 8 अनि यस्तो भयो: उनी त्यहाँ बसेका धेरै दिन भएको थियो, तब पलिस्तीहरूका राजा अबिमेलेकले झ्यालबाट बाहिर हेरे, र देखे; अनि हेर, इसहाकले आफ्नी पत्नी रिबेकासँग प्रेमालाप गरिरहेका थिए। 9 तब अबिमेलेकले इसहाकलाई बोलाएर भने: “हेर, तिनी निश्चय नै तिम्री पत्नी हुन्; तब ‘तिनी मेरी बहिनी हुन्’ भनी कसरी तिमीले भन्यौ?” अनि इसहाकले उनलाई भने: “किनभने तिनको कारणले कहीं म मर्छु कि भनेर मैले यसो भनें।” 10 अनि अबिमेलेकले भने: “तिमीले हामीसित गरेको यो के हो? झन्डै मानिसहरूमध्ये कसैले तिम्री पत्नीसँग कुकर्म गर्नक सक्नेथियो; र तिमीले हामीमाथि दोष ल्याउनेथियौ।” 11 अनि अबिमेलेकले आफ्ना सबै मानिसहरूलाई यसो भन्ने आज्ञा दिए: “जसले यस मानिसलाई वा उनकी पत्नीलाई छुला, त्यो निश्चय नै मारिनेछ!”
12 तब इसहाकले त्यस देशमा बीउ लगाए; अनि त्यही साल उनले सय गुणा फल पाए; अनि परमप्रभुले उनलाई आशिष् दिनुभयो। 13 अनि यी मानिस महान्ख भए, बढ़्दै गए र अत्यन्तै महान्ख नहोउन्जेल बढ़्दै गए; 14 किनकि उनीसँग भेड़ाबाख्रा, गाईबस्तु र धेरै दासदासीहरू थिए; अनि पलिस्तीहरूले उनलाई डाहा गरे। 15 अनि उनका बुबा अब्राहामको समयमा उनका बुबाका दासहरूले खनेका सबै इनारहरू पलिस्तीहरूले थुनिदिए र तिनलाई माटोले भरिदिए। 16 अनि अबिमेलेकले इसहाकलाई भने: “हामीकहाँबाट गइहाल; किनकि तिमी हामीभन्दा ज्यादै शक्तिशाली भएका छौ।” 17 तब इसहाक त्यहाँबाट हिँड़े र गरारको बेंसीमा आफ्नो पाल टाँगेर त्यहीं बस्न लागे।
18 अनि इसहाकले ती पानीका इनारहरू फेरि खने, जो उनका बुबा अब्राहामको समयमा तिनीहरूले खनेका थिए; किनकि अब्राहामको मृत्युपछि पलिस्तीहरूले तिनलाई थुनिदिएका थिए; अनि उनले तिनीहरूको नाम, उनका बुबाले तिनीहरूको जे नाम राखेका थिए, त्यही राखे। 19 अनि इसहाकका सेवकहरूले बेंसीमा खने, र त्यहाँ एउटा उम्रिरहनेग पानीको इनार भेट्टाए। 20 अनि गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग ‘यो पानी हाम्रो हो’ भन्दै झगड़ा गरे। अनि उनले त्यस इनारको नाम ‘एसेक’घ राखे; किनकि तिनीहरूले उनीसित झगड़ा गरेका थिए। 21 अनि उनीहरूले अर्को इनार खने, त्यसका निम्ति पनि तिनीहरूले झगड़ा गरे; अनि उनले त्यसको नाम ‘सित्ना’ङ राखे। 22 अनि उनी त्यहाँबाट हिँड़े, र अर्को इनार खने; अनि त्यसका निम्ति तिनीहरूले झगड़ा गरेनन्; अनि उनले त्यसको नाम ‘रहोबोत’च राखे; अनि उनले भने: “अब परमप्रभुले हाम्रा निम्ति ठाउँ फराकिलो पार्नुभएको छ; र हामी यस देशमा फलवान् बन्नेछौं।”
23 अनि उनी त्यहाँबाट माथि बेरशेबा गए। 24 अनि त्यही रात परमप्रभु उनीकहाँ देखा पर्नुभयो, र भन्नुभयो: “म तिम्रा बुबा अब्राहामका परमेश्वर हुँ। नडराऊ; किनकि म तिम्रो साथमा छु, र तिमीलाई आशिष् दिनेछु; अनि मेरो दास अब्राहामको कारणले म तिम्रो वंशलाई बढ़ाउनेछु।” 25 तब उनले त्यहाँ एउटा वेदी बनाए र परमप्रभुको नाम पुकारे; अनि त्यहाँ उनले आफ्नो पाल टाँगे; अनि त्यहाँ इसहाकका सेवकहरूले एउटा इनार खने।
26 तब गरारबाट अबिमेलेक, तिनका साथी अहुज्जत र तिनका सेनापति पिकोल उनीकहाँ आए। 27 अनि इसहाकले तिनीहरूलाई भने: “तपाईंहरूले मलाई घृणा गर्नुभयो, र आफ्नो बीचबाट मलाई निकालिदिनुभयो; तब किन तपाईंहरू मकहाँ आउनुहुन्छ?” 28 तब तिनीहरूले भने: “परमप्रभु तपाईंको साथमा हुनुभएको कुरा हामीले प्रष्टै देख्यौं; यसैले हामीले भन्यौं, ‘हाम्रो बीचमा अर्थात् हामीहरू र तपाईंको बीचमा एउटा शपथ होस्’; अनि लौ, हामी तपाईंसित एउटा वाचा बाँधौं! 29 र तपाईंले हामीलाई कुनै हानि गर्नुहुनेछैन, जसरी हामीले पनि तपाईंलाई छुएनौं, तर तपाईंसित भलाइ मात्र गर्यौं, र तपाईंलाई शान्तिसित जान दियौं; तपाईं अहिले परमप्रभुका आशिषित जन हुनुहुन्छ।” 30 तब उनले तिनीहरूका निम्ति एउटा भोज लगाए; अनि तिनीहरूले खाए, र पिए। 31 अनि तिनीहरू एकाबिहानै उठे, र एक-अर्कासँग शपथ खाए; अनि इसहाकले तिनीहरूलाई बिदा गरे; अनि तिनीहरू उनीबाट शान्तिसित बिदा भए। 32 अनि त्यही दिन यस्तो भयो: इसहाकका सेवकहरू आए, अनि आफूले खनेको इनारको विषयमा उनलाई सुनाए र उनलाई भने: “हामीले पानी भेट्टाएका छौं।” 33 अनि उनले यसको नाम ‘शेबा’छ राखे; यसैकारण आजसम्म यस शहरको नाम बेर-शेबाज हो।