इश्माएलको जन्म
16
अनि अब्रामकी पत्नी साराईले उनका निम्ति कुनै सन्तान जन्माइनन्; अनि तिनकी एउटी मिस्री दासी थिई, जसको नाम हागार थियो। 2 अनि साराईले अब्रामलाई भनिन्: “अबक हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गर्नुभएको छ; म विन्ती गर्दछु, मेरी दासीकहाँ जानुहोस्! हुन सक्छ, त्यसबाट म सन्तान पाउनेछुख।” अनि अब्रामले साराईको कुरा माने। 3 अनि अब्राम कनान देशमा बसेको दस वर्ष भएपछि अब्रामकी पत्नी साराईले आफ्नी दासी मिस्री हागारलाई लिएर त्यो आफ्ना पति अब्रामलाई उनकी पत्नी हुनलाई दिइन्। 4 अनि उनी हागारकहाँ गए, र त्यो गर्भवती भई। अनि जब त्यसले म गर्भवती भइछु भनी थाहा पाई, तब त्यसले आफ्नी मालिक्नीलाई तुच्छ दृष्टिले हेर्न थालीग। 5 अनि साराईले अब्रामलाई भनिन्: “ममाथिको अन्याय तपाईंमाथि परोस्! मैले मेरी दासीलाई तपाईंको छातीमा सुम्पें; अनि जब त्यसले ‘म गर्भवती भएकी छु’ भनी थाहा पाई, तब म त्यसको दृष्टिमा तुच्छ ठहरिएँ। परमप्रभुले म र तपाईंको बीचमा न्याय गरून्!” 6 तर अब्रामले साराईलाई भने: “हेर, तिम्री दासी तिम्रै हातमा छ। तिम्रो दृष्टिमा जे असल छ, त्यससँग त्यही गर!” अनि जब साराईले त्यससँग कठोर व्यवहार गरिन्घ, तब त्यो तिनको सामुबाट भागी।7 अनि परमप्रभुका दूतले त्यसलाई उजाड़स्थानमा पानीको मुहाननिर – शूरतिर जाने बाटोको मुहाननिर भेट्टाए। 8 अनि उनले भने: “साराईकी दासी हागार, तिमी कहाँबाट आयौ? र तिमी कहाँ जान्छ्यौ?” अनि त्यसले भनी:“म मेरी मालिक्नी साराईको सामुबाट भागिरहेकी छु।” 9 अनि परमप्रभुका दूतले त्यसलाई भने: “आफ्नी मालिक्नीकहाँ फर्केर जाऊ, र आफूलाई तिनको अधीनतामाङ सुम्पिदेऊ!” 10 अनि परमप्रभुका दूतले त्यसलाई भने: “तिम्रो वंशलाई म ज्यादै बढ़ाउनेछु, यहाँसम्म कि असंख्य भीड़ भएकोले यो गन्न सकिनेछैन।” 11 अनि परमप्रभुका दूतले त्यसलाई भने: “हेर, तिमी गर्भवती छौ, र एउटा छोरा जन्माउनेछ्यौ; अनि तिमीले उसको नाम इश्माएलच राख्नू; किनकि परमप्रभुले तिम्रो कष्ट सुन्नुभएको छ। 12 अनि ऊ जङ्गली मान्छे हुनेछ; हरेक मानिसको विरोधमा उसको हात उठ्नेछ, र उसको विरोधमा हरेकको हात उठ्नेछ; अनि उसले आफ्ना सबै भाइहरूको सामु वास गर्नेछ।” 13 तब त्यसले आफूसित कुरा गर्नुहुने परमप्रभुको नाम ‘अत्ता-एल-रोई’छ राखी; किनकि त्यसले भनी: “के मैले यहाँ पनि उहाँलाई पछाड़िबाट देखेको छु, जसले मलाई देख्नुहुन्छ?” 14 यसैकारण त्यस इनारको नाम ‘बेर-लहै-रोई’ज राखियो; हेर, यो कादेश र बेरेदको बीचमा छ।