अब्रामले लूतलाई छुटाए
14
अनि शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्लाओमेर र गोयीमका राजा तिदालका दिनहरूमा यस्तो भयो: 2 तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्माका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेला अर्थात् सोअरका राजासँग लड़ाइँ गरे। 3 यिनीहरू सबै सिद्दीम अर्थात् क्षारसमुद्रकोक बेंसीमा भेला भए। 4 उनीहरू बाह्र वर्षसम्म कदोर्लाओमेरको अधीनमा बसे, तर तेह्रौं वर्षमा उनीहरूले विद्रोह गरे। 5 अनि चौधौं वर्षमा कदोर्लाओमेर र तिनीसँग भएका राजाहरू आए, र अस्तरोत-करनैममा रपाईहरूलाई,ख हाममा जूजीहरूलाई र शावे-किर्यातैममा एमीहरूलाई, 6 र उनीहरूको पहाड़ सेईरमा होरीहरूलाई उजाड़स्थाननिर भएको एल-पारानसम्म मारे। 7 अनि तिनीहरू फर्के, र एन-मिश्पातमा अर्थात् कादेशमा आए; अनि अमालेकीहरूको सारा मुलुक र हससोन-तामारमा बस्ने एमोरीहरूलाई पनि मारे। 8 अनि सदोमका राजा, गमोराका राजा, अद्माका राजा, सबोयीमका राजा र बेला अर्थात् सोअरका राजा निस्केर आए, र सिद्दीमको बेंसीमा तिनीहरूसित लड़ाइँ गर्न मोर्चा बाँधे; 9 अर्थात् एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल र एल्लासारका राजा अर्योकसँग – चार राजाहरू ती पाँच राजाहरूसँग। 10 अनि सिद्दीमको बेंसी अलकत्राको खाल्डै-खाल्डाले भरिएको थियो; अनि सदोम र गमोराका राजाहरू भागे, र तीभित्र खसे; अनि बाँकी रहेकाहरू पहाड़तिर भागे। 11 अनि तिनीहरू सदोम र गमोराका सबै मालसामानहरू र उनीहरूका सबै खानेकुराहरू लिएर गए। 12 अनि तिनीहरू अब्रामका भतिजा लूतलाई र तिनको धनमाल पनि लिएर गए; किनकि लूतग सदोममा बस्थे।13 अनि भागेर बाँचेकोघ एकजना मानिस आएर हिब्रू अब्रामलाई यो कुरा सुनायो; किनकि उनी एश्कोल र आनेरका भाइ, अर्थात् एमोरी मम्रेका फलाँटका रूखहरूनिरघ बस्थे। अनि उनीहरूले अब्रामसँग वाचा बाँधेका थिए। 14 अनि जब अब्रामले आफ्नो भाइ कैदी बनाएर लगिएको कुरा सुने, तब उनले आफ्नै घरमा जन्मेका आफ्ना तीन सय अठारजना तालीम पाएका मानिसहरू लिए र तिनीहरूलाई दानसम्म पिछा गरे। 15 अनि तिनीहरूको विरोधमा उनले राती आफू र आफ्ना दासहरूलाई दल-दलमा बाँड़े, र तिनीहरूलाई हमला गरे, अनि तिनीहरूलाई दमस्कसको देब्रेपट्टिङ भएको होबासम्म पिछा गरे। 16 अनि उनले सबै मालसामानहरू फर्काएर ल्याए; अनि आफ्ना भाइ लूतलाई र तिनका मालताल पनि, अनि स्त्रीहरू र मानिसहरूलाई पनि उनले फर्काएर ल्याए।
17 अनि कदोर्लाओमेर र तिनको साथमा भएका राजाहरूलाई मारेर अब्रामच फर्केपछि शावेको बेंसीमा, जुनचाहिँ राजाको बेंसी हो, सदोमको राजा उनलाई भेट्न निस्केर आए। 18 तब शालेमका राजा मेल्किसेदेक रोटी र दाखमद्य लिएर आए; अनि तिनी सर्वोच्च परमेश्वरकाछ पूजाहारी थिए। 19 अनि तिनले उनलाई आशीर्वाद दिएर भने: “स्वर्ग र पृथ्वीका मालिक सर्वोच्च परमेश्वरको तर्फबाट अब्राम धन्यका होऊन्! 20 अनि सर्वोच्च परमेश्वर धन्यका होऊन्, जसले तपाईंका शत्रुहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो।” अनि अब्रामलेज तिनलाई सबै थोकहरूको दशौं अंश दिए। 21 अनि सदोमका राजाले अब्रामलाई भने: “मानिसहरूचाहिँ मलाई दिनुहोस्, अनि धनमालचाहिँ आफ्नै निम्ति राख्नुहोस्!” 22 तर अब्रामले सदोमका राजालाई भने: “मैले स्वर्ग र पृथ्वीका मालिक, परमप्रभु सर्वोच्च परमेश्वरको नाममा शपथ खाएको छु,झ 23 कि म एउटा धागोदेखि लिएर जुत्ताको एउटा फितासम्म पनि लिनेछैनँ, जे तपाईंका हुन्, ती थोकहरूबाट म केही पनि लिनेछैनँ, नत्र तपाईंले भन्नुहुनेछ, ‘मैले नै अब्रामलाई धनी बनाएको हुँ’; 24 यी जवानहरूले जे खाए, सो कुरा, मेरो साथमा गएका मानिसहरू आनेर, एश्कोल र मम्रेको भागबाहेक; यिनीहरूले चाहिँ आ-आफ्ना भाग लिऊन्!”