नूहका छोराहरूका वंशहरू
10
अब नूहका छोरा शेम, हाम र येपेतका वंशहरू यी हुन्; अनि जलप्रलयपछि उनीहरूका निम्ति छोराहरू जन्मे। 2 येपेतका छोराहरू: गोमेर, मागोग, मादै, यावान, तूबल, मेशेक र तीरास। 3 अनि गोमेरका छोराहरू: अश्कनज, रीपत र तोगर्मा। 4 अनि यावानका छोराहरू: एलीशा, टर्शिश, कित्तीम र दोदानीम। 5 यिनीहरूबाट नै जाति-जातिका टापुहरू तिनीहरूका देशहरूमा, हरेक आ-आफ्नो भाषाअनुसार, तिनीहरूका घरानाअनुसार, तिनीहरूका जातिहरूमा बाँड़िए।
6 अनि हामका छोराहरू: कूश, मिस्र, पूत र कनान। 7 अनि कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामा र सब्तेका। अनि रामाका छोराहरू शेबा र देदान। 8 अनि कूशले निम्रोदलाई जन्माए; तिनी पृथ्वीमा पराक्रमी बने। 9 तिनीचाहिँ परमप्रभुको सामु पराक्रमी शिकारी थिए; यसैकारण ‘परमप्रभुको सामु निम्रोदजस्तो पराक्रमी शिकारी’ भन्‍ने गरिन्थ्यो। 10 अनि तिनको राज्यको शुरुआत शिनार देशमा बाबेल, एरेख, अक्‍कद र कल्ने थियो। 11 त्‍यस देशबाट तिनी निस्केर अश्शूर गए, अनि तिनले नीनवे, रहोबोतनगर र कालह, 12 अनि नीनवे र कालहको बीचमा रेसेन निर्माण गरे; त्यही एउटा ठूलो शहर भयो। 13 अनि मिस्रले लूदी, अनामी, लहाबी, नप्‍तूही, 14 साथै पत्रूसी, कस्लूही, (जसबाट पलिस्तीहरू निस्के), र कप्‍टोरीहरूलाई जन्माए।
15 अनि कनानले आफ्ना जेठा छोरा सिडोनलाई, त्‍यसपछि हेतलाई जन्माए, 16 अनि यबूसी, एमोरी, गिर्गासी, 17 र हिव्वी, अर्की, सिनी, 18 अनि अर्वादी, जमारी र हमातीहरूलाई जन्माए। अनि त्‍यसपछि कनानीहरूका घरानाहरू फैलिए। 19 अनि कनानीहरूको सिमाना सिडोनबाट गरारपट्टि गाजासम्म थियो; सदोम, गमोरा, अद्‍मा र सबोयीमपट्टि लाशासम्म थियो। 20 तिनीहरूका घरानाअनुसार, तिनीहरूका भाषाअनुसार, तिनीहरूका देशहरू र तिनीहरूका जातिहरूमा हामका सन्तानहरू यिनै हुन्।
21 एबेरका सबै सन्तानका पुर्खा, येपेतका जेठा दाजु शेमका पनि छोराहरू जन्मे। 22 अनि शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम। 23 अनि अरामका छोराहरू: ऊज, हूल, गेतेर र मश। 24 अनि अर्पक्षादले शेलहलाई जन्माए; अनि शेलहले एबेरलाई जन्माए। 25 अनि एबेरका दुईजना छोरा जन्मे; एकजनाको नाम पेलेग थियो; किनकि उनैको समयमा पृथ्वी बाँड़ियो। अनि उनको भाइको नाम योक्तान थियो। 26 अनि योक्तानले अल्मोदाद, शेलेप, हसर्मावेत र येरहलाई, 27 अनि हदोराम, ऊजाल र दिक्लालाई, 28 साथै ओबाल, अबिमाएल र शेबालाई, 29 अनि ओपीर, हवीला र योबाबलाई जन्माए; यिनीहरू सबै योक्तानका छोराहरू थिए। 30 अनि तिनीहरूको बसाइ मेशादेखि लिएर पूर्वको पहाड़ सपारासम्म थियो। 31 तिनीहरूका घरानाअनुसार, तिनीहरूका भाषाअनुसार, तिनीहरूका देशहरूमा, तिनीहरूका जातिहरूअनुसार शेमका छोराहरू यिनै हुन्। 32 तिनीहरूका जातिहरूमा तिनीहरूका पुस्ताहरूअनुसार नूहका छोराहरूका घरानाहरू यिनै हुन्; अनि जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै जातिहरू बाँड़िए।