3
त्‍यसपछि परमप्रभुले मलाई प्रधान पूजाहारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो ।2 परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हप्काऊन् ! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र ?3 स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए ।4 अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्‍यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर ! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।5 त्‍यसपछि मैले भनेँ, “तिनीहरूले तिनको शिरमा एउटा सफा फेटा लगाइदिऊन् !” यसैले परमप्रभुका स्वर्गदूत उभिरहँदा नै तिनीहरूले यहोशूको शिरमा सफा फेटा लगाइदिए र तिनलाई सफा लुगा पहिराइदिए ।6 त्‍यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए,7 “सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्‍छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैँले मेरो भवनको जिम्मा लिनेछस् र मन्‍दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्‍ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु ।8 प्रधान पूजाहारी यहोशू, तँ र तँसँगै बस्‍ने तेरा साथीहरू, सुन ! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु ।9 अब मैले यहोशूको सामु राखिदिएको ढुङ्‌गोलाई हेर् । यो एउटा ढुङ्‌गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्‍नेछु, परमप्रभु घोषणा गर्नुहुन्‍छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु ।10 त्‍यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अञ्‍जीरको रूखमुनि बस्‍न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्‍छ ।”