1
दारा राजाको दोस्रो बर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यहूदाका राज्यपाल यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ अगमवक्ता हाग्गैद्वारा परमप्रभुको यस्तो वचन आयो,2 “सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छः यी मानिसहरू भन्छन्, ‘हामी आएर परमप्रभुको भवन निर्माण गर्ने समय अझै आएको छैन’ ।3 त्यसपछि अगमवक्ता हाग्गैद्वारा परमप्रभुको यस्तो वचन आयो,4 “यो मन्दिर ध्वस्त हुँदा के तिमीहरू आफ्ना सुन्दर घरहरूमा बस्ने समय यो हो ?5 यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छः आफ्ना मार्गहरूमाथि ध्यान देओ !6 तिमीहरूले प्रशस्त बीऊ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैलाई तातो राख्न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन् ।7 सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छः “आफ्ना मार्गहरूमाथि ध्यान देओ !8 माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु - परमप्रभु भन्नुहुन्छ ।9 “तिमीहरूले धेरै कुराको खोजी गर्यौ, तर हेर ! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, किनभने मैले ती उडाइदिएँ । किन ?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्नावशेषको बीचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ ।10 यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन ।11 मैले भूमि, पर्वतहरू, अन्न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु ।12 अनि शालतिएलका छोरा यरुबाबेल, र येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूले, बाँकी रहेका सबै मानिसहरूसमेतले परमप्रभु तिनीहरूका परमेश्वरको आवाज र अगमवक्ता हाग्गैका वचनलाई पालन गरे, किनभने परमप्रभु तिनीहरूका परमेश्वरले तिनलाई पठाउनुभएको थियो र मानिसहरूले परमप्रभुको भय मान्थे ।13 त्यसपछि परमप्रभुका समाचारवाहक, हाग्गैले मानिसहरूलाई यसो भनी परमप्रभुको सन्देश सुनाए, “म तिमीहरूसँग छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।14 यसकारण परमप्रभुले यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू, र सबै बाँकी रहेका मानिसहरूका आत्मालाई उत्तेजित गरिदिनुभयो, अनि तिनीहरू गए र सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्वरको भवनमा काम गरे ।15 दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा यो भयो ।