13
"जब एफ्राइम बोल्थ्यो, तब त्यहाँ कम्पन हुन्थ्यो । त्यसले आफैलाई इस्राएलमा उच्च पार्यो, तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो, र त्यो मर्यो ।2 अब तिनीहरू झन् धेरै पाप गर्छन् । आफ्ना चाँदीलाई ढालेर तिनीहरू मूर्तिहरू बनाउँछन्, सकेसम्म राम्रो सीपले ती मूर्तिहरू बनाउँछन्, र ती सबै शिल्पकारका काम हुन् । मानिसहरूले तिनीहरूका बारेमा भन्छन्, ‘बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन् ।’3 यसैले तिनीहरू बिहानको बादलझैँ, चाँडै नै बिलाइजाने शीतझैँ, खलाबाट हुरीले टाढा उडाएको भुसझैँ, र चिम्नीबाट निस्कने धूवाँझैं हुनेछन् ।4 तर मिश्र देशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । मबाहेक अर्को कुनै परमेश्वर छैन भनी तिमीहरूले स्वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्वीकार गर्नुपर्छ ।5 उजाड-स्थानमा, अति सुक्खा भूमिमा नै, मैले तिमीहरूलाई चिनेँ ।6 जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ ।7 तिनीहरूका निम्ति म एउटा सिंहझैँ हुनेछु, र चितुवाझैँ म तिनीहरूको बाटोभरि ढुक्नेछु ।8 छाउराहरू खोसिएको माउ भालुले झैँ म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैँ निल्नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्राटुक्रा पार्छ ।9 ए इस्राएल, म तँलाई नष्ट गर्नेछु । कसले तँलाई सहायता गर्नेछ ?10 तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्ला ? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैँले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस् ?'11 मैले आफ्नो क्रोधमा तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा त्यसलाई मैले हटाएँ ।12 एफ्राइमको अपराध थुप्रिएको छ । त्यसको पाप थुप्रिएको छ ।13 प्रसवको पीडा त्यसमाथि आउनेछ, तर त्यो एउटा मूर्ख छोरा हो, किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन ।14 के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र ? के म तिनीहरूलाई मृत्युबाट बचाउनेछु र ? ए मृत्यु, तेरा विपत्तिहरू कहाँ छन् ? ए चिहान, तेरो विनाश कहाँ छ ? मेरा आँखाबाट दया लुकेको छ ।"15 एफ्राइम आफ्ना दाजुभाइका बीचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमूल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्नेछ ।16 सामरिया दोषी ठहरिनेछ, किनकि त्यसले आफ्नो परमेश्वरको विरुद्धमा विद्रोह गरेको छ । तिनीहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका जवान छोराछोरीहरूलाई पछारेर टुक्राटुक्रा पारिनेछ, र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिनेछन् ।