8
“तुरही फुक्न तयार होओ ! परमप्रभुको मन्दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा बागी भएका छन् ।2 तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौँ ।’3 तर इस्राएलले जे असल छ त्यो इन्कार गरेको छ, र शत्रुले त्यसलाई खेद्नेछ ।4 मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्त गरेका छन् । आफ्ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।"5 “ए समारिया, तेरो बाछो तिरस्कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन् ?6 किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्यो बनायो । त्यो परमेश्वर होइन ! सामरियाको बाछोलाइ टुक्राटुक्रा पारिनेछ ।7 किनकि मानिसहरूले बतास छर्छन्, र आँधीको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिँदैन । त्यसमा फसल लाग्यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।8 इस्राएल निलिएको छ । अब जातिहरूमा बीचमा ती काम नलाग्ने वस्तुझैँ रहन्छन् ।9 किनकि वन-गधा एक्लै गएझैँ, तिनीहरू अश्शूरसम्म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्त गरेको छ ।10 तिनीहरूले जातिहरूका बीचमा प्रेमीहरू नियुक्त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्नेछन् ।11 किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।12 तिनीहरूका निम्ति मैले आफ्नो व्यवस्थालाई दश हजारपल्ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुरा जस्तो गरी हेर्छन् ।13 मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्र देशमा फर्कनेछन् ।14 इस्राएलले आफ्ना सृष्टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएको छ । यहूदाले धेरै सहरहरूलाई किल्लाबन्दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरू भस्म पार्नेछ ।