7
मैले इस्राएललाई निको पार्ने इच्छा गर्दा, एफ्राइमको पाप र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्, किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् । एक जना चोर भित्र प्रवेश गर्छ, र डाँकूहरूको समूहले सडकमा आक्रमण गर्छ ।2 तिनीहरूका सबै दुष्ट कामलाई म याद गर्छु भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।3 तिनीहरूले आफ्ना दुष्टताले राजालाई, र आफ्ना झूटले अधिकारीहरूलाई खुशी बनाउँछन् ।4 रोटी बनाउनेले तताएको तावा जस्तै, जसले पीठो मुछेर नफुलेसम्म आगो बाल्दैन, तिनीहरू सबै व्यभिचारीहरू हुन् ।5 हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैलाई दाखमद्यको मातले बिरामी पार्छन् । ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो ।6 किनकि एउटा तावा जस्तो हृदयहरूले, तिनीहरू आफ्ना छलपूर्ण योजना बनाउँछन् । तिनीहरूको रIस रातभरि दन्किन्छ । बिहान त्यो ज्वालामय आगोझैँ बल्दछ ।7 तिनीहरू सबै तावा जस्तै तातो छन्, र आफूमाथि शासन गर्नेलाई तिनीहरू भस्म पार्छन् । तिनीहरूका सबै राजा पतित भएका छन् । तीमध्ये कसैले मलाई पुकारा गर्दैनन् ।8 एफ्राइमले आफैलाई अरू मानिसहरूसँग मिसाएको छ । नफर्काइएको रोटी जस्तै एफ्राइम छ ।9 परदेशीहरूले उसको शक्तिलाई नष्ट गरेको छ, तर उसलाई त्यो थाहा नै छैन । उसमा यताउता केश फुलेका छन्, तर उसलाई त्यो थाहा छैन ।10 इस्राएलको घमण्डले आफ्नै विरुद्धमा गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।11 एफ्राइमचाहिँ सजिलै छकाउन सकिने र विवेकहीन ढुकुर जस्तो छ, मिश्र देशलाई पुकारा गर्दैछ, त्यसपछि अश्शूरतिर उड्दैछ ।12 जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्नो जाल फैलाउनेछु, आकाशका चराहरूझैँ तिनीहरूलाई म तल खसाल्नेछु । तिनीहरू एकसाथ जम्मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु ।13 तिनीहरूलाई धिक्कार छ ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन् ! म तिनीहरूलाई बचाउन सक्थेँ, तर तिनीहरूले मेरो विरुद्धमा झूट बोले ।14 आफ्ना सारा हृदयले, तिनीहरूले मसँग पुकारा गरेका छैनन्, तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् । अन्न, र नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन्, र तिनीहरू मबाट टाढा जान्छन् ।15 मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्त बनाएँ, तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्यन्त्र रच्छन् ।16 तिनीहरू फर्कन्छन्, तर म, अर्थात् सर्वोच्चतिर भने फर्कंदैनन् । तिनीहरू धोका दिने धनुझैँ छन् । आफ्ना जिब्रोको निर्लज्जताका कारणले, तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् । मिश्र देशमा यही तिनीहरूको उपहास हुनेछ ।