11
मादी दाराको पहिलो वर्षमा, म आफै मिखाएलको मदत र सुरक्षा गर्न आएँ ।2 अब म तिमीलाई सत्‍य कुरा बताउँछु । फारसमा तीन जना राजाहरू खडा हुनेछन्, र अरू भन्‍दा चौथोचाहिँ धेरै धनी हुनेछ । आफ्नो धनदौलतबाट त्‍यसले शक्ति हासिल गरेपछि, त्‍यसले सबैलाई ग्रीस राज्‍यको विरुद्धमा उत्तेजित गर्नेछ ।3 एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले धेरै विशाल राज्‍यमा शासन गर्नेछन्, र आफ्नै इच्‍छाअनुसार तिनले काम गर्नेछन् ।4 तिनी खडा भएपछि, तिनको राज्‍य टुक्राटुक्रा हुनेछ र स्वर्गका चार बतासतिर त्‍यो विभाजित हुनेछ, तर तिनका आफ्नै वंशमा होइन, अनि तिनले राज्‍य गरिरहँदाको तिनको अधिकारले होइन । किनकि तिनको राज्‍य तिनको वंशको निम्ति नभएर अरूका निम्ति उखेलिनेछ ।5 दक्षिणको राजा धेरै शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्‍ये एकजना तिनी भन्‍दा शक्तिशाली हुनेछन् र आफ्नो राज्‍यलाई ठूलो शक्तिले शासन गर्नेछन् ।6 केही वर्षपछि, ठीक समयमा, तिनीहरूले मित्रता कायम गर्नेछन् । सम्झौता पक्का गर्नलाई दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ जानेछिन् । तर तिनले आफ्नो हातको बल कायम राख्‍न सक्‍नेछैनन्, न त उनले वा उनको हातले नै सक्‍नेछन् । तिनी र तिनलाई ल्याउनेहरू र तिनका पिता र ती समयमा तिनको समर्थन गर्ने सबै त्‍यागिनेछन् ।7 तर तिनको ठाउँमा तिनका जराहरूबाट एउटा हाँगो पलाउनेछ । उनले उत्तरको राजाको सेनालाई आक्रमण गर्नेछन् र किल्लाभित्र प्रवेश गर्नेछन् । उनले तिनीहरूसित लडाइँ गर्नेछन् र तिनीहरूमाथि विजय पाउनेछन् ।8 उनले तिनीहरूका देवताहरू र तिनीहरूका ढलौटे फलामका मूर्तिहरू र सुन र चाँदीका बहुमूल्य भाँडाहरू मिश्र देशमा लानेछन् । केही वर्षसम्म उनी उत्तरका राजाबाट टाढा रहनेछन् ।9 अनि उत्तरका राजाले दक्षिणको राजाको राज्‍यमाथि आक्रमण गर्नेछन्, तर तिनी आफ्नै देशमा फर्कनेछन् ।10 तिनका छोराहरू तयार हुनेछन् र ठूलो सेनालाई भेला गर्नेछन् । त्‍यो निरन्‍तर अघि बढ्नेछ र बाढीले झैँ हरेक कुरा बगाउनेछ । सबैलाई जित्दै त्‍यो उसको किल्लासम्मै पुग्‍नेछ ।11 तब दक्षिणको राजा धेरै क्रुद्ध हुनेछन् । तिनी जानेछन् र उत्तरको राजाको विरुद्धमा लडाइ गर्नेछन् । उत्तरको राजाले एउटा ठूलो सेना खडा गर्नेछन्, तर त्‍यो सेनालाई दक्षिणको राजाको हातमा दिइनेछ ।12 त्‍यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दशौँ हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् ।13 अनि उत्तरको राजाले पहिलेको भन्‍दा ठूलो अर्को सेना खडा गर्नेछन् । केही वर्षपछि, उत्तरका राजा निश्‍चय नै शक्तिशाली सेनाका साथमा धेरै हतियारका साथमा आउनेछन् ।14 ती समयमा धेरै जना दक्षिणको राजाको विरुद्धमा खडा हुनेछन् । दर्शन पूरा गर्नलाई तिम्रा मानिसहरूका बीचमा भएका हिंसात्मक छोराहरूले आफैलाई तयार पार्नेछन्, तर तिनीहरू ठेस खानेछन् ।15 उत्तरका राजा आउनेछन्, र घेरा मचान बनाउनलाई माटो थुपार्नेछन् र पर्खालले घेरिएको सहरलाई कब्जा गर्नेछन् । दक्षिणको शक्ति टिक्‍न सक्‍नेछैन, तिनीहरूका सर्वोत्कृष्‍ट सेना पनि टिक्‍न सक्दैन । खडा हुने शक्ति हुनेछैन ।16 बरु, आउनेले चाहिँ आफ्नो इच्‍छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् । तिनको मार्गमा कोही खडा हुनेछैन । सुन्‍दरताको देशमा तिनी खडा हुनेछन्, र विनाश तिनको हातमा हुनेछ ।17 उत्तरको राजा आफ्नो सम्पूर्ण राज्‍यको शक्तिमा आउने निर्णय गर्नेछन्, र तिनीसित सम्झौताको एउटा दस्तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् । दक्षिणको राज्‍यलाई खतम गर्न तिनले एउटी स्‍त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् । तर त्‍यो योजना सफल हुनेछैन वा त्‍यसले तिनलाई मदत गर्नेछन् ।18 यसपछि, उत्तरको राजाले समुद्रतटका देशहरूमा ध्‍यान लगाउनेछन् र तीमध्‍ये धेरैलाई अधीन गर्नेछन् । तर एक जना सेनापतिले तिनको घमण्डको अन्‍त्‍य गर्नेछन् र तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन् ।19 तब तिनले आफ्नै देशका किल्लाहरूतर्फ ध्‍यान दिनेछन्, तर तिनी ठेस खानेछन् र ढल्नेछन् । तिनी फेरि भेट्टाइनेछैनन् ।20 तब तिनको ठाउँमा अरू कोही एक जना खडा हुनेछन् जसले राज्‍यको वैभवको निम्ति एक जना कर उठाउनेलाई पठाउनेछन् । तर केही दिनमा कुनै रीस वा युद्ध बिना नै तिनी टुक्राटुक्रा पारिनेछन् ।21 तिनको ठाउँमा एक जना तुच्‍छ मानिस खडा हुनेछ जसलाई मानिसहरूले राजकीय शक्तिको सम्मान दिनेछैनन् । ऊ अचानक आउनेछ र छल गरेर उसले राज्‍यलाई कब्जा गर्नेछ ।22 उसको सामु एउटा सेनालाई बाढीले झैँ बगाउनेछ । त्‍यो सेना र करारको अगुवा दुवै नष्‍ट हुनेछन् ।23 ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्‌गले काम गर्नेछ । थोरै मानिसको साथमा पनि ऊ शक्तिशाली हुनेछ ।24 कुनै चेतावनी बिना नै ऊ प्रदेशको सबै भन्‍दा समृद्ध ठाउँमा आउनेछ, र उसको बुबा वा हजुरबुबाले नगरेका काम त्‍यसले गर्नेछ । उसले लूटका सामान र धन-सम्पत्ति आफ्ना अनुयायीहरूसँग बाँड्नेछ । उसले किल्लाहरूलाई हटाउने योजना गर्नेछ, तर केही समयको लागि मात्र हुनेछ ।25 ऊ आफ्नो शक्ति र हृदयसहित ठूलो सेनाको साथमा दक्षिणको राजाको विरुद्धमा उठ्नेछ । दक्षिणको राजाले ठूलो, र धेरै शक्तिशाली सेनासँग युद्ध गर्नेछ, तर तिनको विरुद्धमा अरूले षड्‌यन्‍त्र गरेको कारणले गर्दा तिनी टिक्‍नेछैनन् ।26 तिनको मीठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्‍नेछन् । बाढीले झैँ तिनका सेना बगाइनेछ, र तीमध्‍ये धेरै जना मारिनेछन् ।27 यी दुवै राजाहरू, आफ्नो हृदयमा एक-अर्काको विरुद्धमा दुष्‍टता लिएर, एउटै टेबिलमा बस्‍नेछन् र एक-अर्कालाई ढाँट्नेछन्, तर त्‍यो केही कामको हुनेछैन । किनभने तोकिएकै समयमा अन्‍त्‍य आउनेछ ।28 अनि उत्तरका राजा धेरै धनदौलत लिएर, आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ । उसले त्‍यस्तै काम गर्नेछ र आफ्नै देशमा फर्कनेछ ।29 तोकिएको समयमा ऊ फर्कनेछ र दक्षिणको विरुद्धमा खडा हुनेछ । तर यस पटक पहिलाको झैँ हुनेछैन ।30 किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्, र ऊ डराउनेछ र पछि हट्नेछ । त्‍यो पवित्र करारको विरुद्धमा ऊ रीसले चूर हुनेछ, र पवित्र करारलाई त्‍याग्‍नेहरूलाई उसले समर्थन गर्नेछ ।31 उसको सैन्‍य-बल उठ्नेछ र पवित्र-स्थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ ।32 अनि करारको विरुद्धमा दुष्‍टतापूर्ण काम गर्नेहरूका विषयमा चाहिँ, उसले तिनीहरूलाई धोका दिनेछ र तिनीहरूलाई भ्रष्‍ट पार्नेछ । तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरू बलियै हुनेछन् र सोअनुसार काम गर्नेछन् ।33 मानिसहरूमध्‍ये बुद्धिमान्‌ले धेरै जनालाई बुझाउनेछ । तर तरवार र आगोले तिनीहरू ढल्नेछन् । तिनीहरू कैदमा जानेछन् र धेरै दिनसम्म लुटिनेछन् ।34 तिनीहरू ढलेका अवस्थामा, तिनीहरूलाई थोरै सहायता मिल्नेछ । कपट गरेर धेरै जनाले तिनीहरूसँग मिलाप गर्नेछन् ।35 बुद्धिमान्‌मध्‍ये कोही-कोहीले ठेस खानेछन्, जसले गर्दा तिनीहरू अन्‍तको समयसम्म खारिनेछन्, शुद्ध पारिनेछन्, र दागरहित हुनेछन् । किनभने तोकिएको समय आउन अझै बाँकी हुन्‍छ ।36 राजाले आफ्नो इच्‍छाहरूअनुसार काम गर्नेछ । उसले आफैलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्‍यो पूरा भएरै छोड्नेछ ।37 आफ्ना पुर्खाका देवहरू वा स्‍त्रीहरूले रुचाएका देवप्रति पनि उसले ध्‍यान दिनेछैन । न त उसले अन्‍य देवहरूप्रति ध्‍यान दिनेछ । किनभने सबै भन्‍दा माथि उसले आफैलाई महान् बनाउनेछ ।38 यी भन्‍दा किल्लाहरूका देवलाई उसले सम्मान गर्नेछ । उसले पुर्खाहरूले नमान्‍ने देवलाई सुन र चाँदी, र बहुमुल्य पत्थरहरू, अनि अरू मूल्यवान् थोकहरूले सम्मान गर्नेछ ।39 सबै भन्‍दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्‍ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्‍यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।40 अन्‍त्‍यको समयमा, दक्षिणका राजाले आक्रमण गर्नेछन् । उत्तरको राजाले दक्षिणको राजाको विरुद्धमा रथहरू र घोडचढीहरू, र धेरै जहाजहरूको साथमा आँधीझैँ युद्ध गर्नेछ । ऊ धेरै देशहरूका विरुद्ध जानेछ, र तिनीहरूलाई बाढीले झैँ बगाउनेछ र अगि बढ्नेछ ।41 ऊ सुन्‍दर देशमा जानेछ, र दशौँ हजार इस्राएलीहरू मर्नेछन् । तर त्‍यसका हातबाटः एदोम, मोआब, र अम्मोनका मानिसहरूमध्‍ये बाँकी रहेकाहरू उम्कनेछन् ।42 उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्र देश बचाइनेछैन ।43 सुन र चाँदीका, र मिश्र देशका सारा धन-सम्पत्तिमा उसले नियन्‍त्रण गर्नेछ । लिबियाली र कूशीहरू उसका पाउँमुनि हुनेछन् ।44 तर पूर्व र उत्तरबाट आउने समाचारले उसलाई भयभीत बनाउनेछ, र पूर्ण रूपमा नाश गर्न र धेरैलाई विनाशको निम्ति अलग गर्न ऊ क्रोधित भएर जानेछ ।45 उसले समुद्रहरू र पवित्रताको सुन्‍दरताको पर्वतको बीचमा आफ्नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्‍त्‍य हुनेछ, र उसको निम्ति त्‍यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।