19
"अब तैँले इस्राएलका अगुवाहरूका विरुद्धमा विलाप गर्,2 र भन्, 'तेरी आमा को थिई ? एक सिंहिनी, त्‍यो सिंहका डमरुहरूसँग बस्थी । त्‍यसले आफ्ना डमरुहरूलाई हुर्काउँदै तिनीहरूका बीचमा बस्थी ।3 आफ्ना डमरुमध्‍ये एउटालाई हुर्काएर जवान बनाउने त्‍यो नै थिई । त्‍यो सिंह जसले आफ्नो शिकारलाई फहराउन सिक्यो र त्‍यसले मानिसहरूलाई खायो ।4 तब जातिहरूले त्‍यसको बारेमा सुने । त्‍यो तिनीहरूको जालमा पर्‍यो, र तिनीहरूले त्‍यसलाई अङ्‌कुसेले समातेर मिश्र देशमा लगे ।5 त्‍यसले ऊ फर्केर आउँछ कि भनी आशा गरे तापनि आफ्नो आशा खेर गएको देखी । यसैले त्‍यसले आफ्नो अर्को डमरुलाई लिई र त्‍यसलाई जवान सिंह हुनलाई हुर्काई ।6 त्‍यो जवान सिंह अरू सिंहहरूका माझमा यताउता हिँड्‌डुल गर्न लाग्यो । त्‍यो एउटा बलियो जवान सिंह भएको थियो र त्‍यसले शिकारलाई फहराउन सिक्यो । त्‍यसले मानिसहरूलाई खान लाग्यो ।7 त्‍यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्‍यो र तिनीहरूका सहरहरू उजाड पार्‍यो । त्‍यो गर्जेको आवाजले त्‍यो देश र त्‍यसको पूर्णतालाई त्‍यागियो ।8 तर छेउछाउका इलाकाबाट जातिहरू त्‍यसको विरुद्धमा आए । तिनीहरूले त्‍यसलाई पासो थापे । तिनीहरूको पासोमा त्‍यो पर्‍यो ।9 अङ्‌कुसेले समातेर तिनीहरूले त्‍यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्‍यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्‍यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्‍यसको आवाज फेरि कहिल्यै नसुनियोस् ।10 तेरी आमा पानीको छेउमा तेरो रगतमा रोपिएको दाखको बोट जस्‍तै थिई । प्रशस्त पानीको कारणले त्‍यो फलवन्‍त र हाँगैहाँगाले पूर्ण थिई ।11 त्‍यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्डको लागि प्रयोग गरिए, र त्‍यसको आकार हाँगाहरू भन्‍दा माथि उठ्‌यो, र त्‍यसको उचाइ चाहिँ त्‍यसका पातहरूमा देखिन्‍थ्यो ।12 तर त्‍यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्‍यसका फललाई सुकाइदियो । त्‍यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्म पारिए ।13 यसैले अब त्‍यो उजाड-स्थानमा, सुक्खा र पानी नभएको ठाउँमा रोपियो ।14 किनकि त्‍यसका ठूला हाँगाहरूबाट आगो निस्क्यो, र त्‍यसका फलहरू भस्म पार्‍यो । त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।"