9
तब उहाँले ठूलो स्‍वरमा कराएर यसो भन्‍नुभएको मैले सुनेँ, "रक्षकहरू हरेकले आफ्ना हातमा नष्‍ट गर्ने हतियार लिएर सहरमा आऊन् ।"2 तब हेर, छ जना मानिसहरू हरेकले आ-आफ्नो हातमा हत्‍या गर्ने हतियार लिएर उत्तरतिर फर्केको माथिल्लो ढोकाबाट आए । तिनीहरूका माझमा सूती कपडा लगाएका र कलम भिरेका एक जना मानिस थिए । यसरी तिनीहरू भित्र गए र काँसाको वेदीको छेउमा खडा भए ।3 तब इस्राएलका परमेश्‍वरको महिमाचाहिँ करूबहरूदेखि मास्तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्‍यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्नो छेउमा बोलाउनुभयो ।4 परमप्रभुले तिनलाई भन्‍नुभयो, "सहरको बीचबाट - यरूशलेमको बीचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निधारहरूमा एउटा चिन्ह लगा ।"5 मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, "उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड,6 वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू । ती सबैलाई मार ! तर निधारमा त्‍यो चिन्ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्थानदेखि नै सुरु गर ।" यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, "मन्‍दिर बिटुलो पार, र त्‍यसका चोकहरूलाई लाशहरूले भर । जाओ !" यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।8 जब तिनीहरूले त्‍यसलाई आक्रमण गर्दै थिए, र मचाहिँ एक्लै छोडिएँ, तब घोप्‍टो परेँ र रुँदै भनेँ, "हे परमप्रभु परमेश्‍वर, यरूशलेममाथि आफ्नो क्रोध खन्‍याउनुहुँदा इस्राएलका बचेकाहरू जम्मैलाई तपाईंले सर्वनाश गर्नुहुनेछ ?9 उहाँले मलाई भन्‍नुभयो, "इस्राएल र यहूदाका घरानाको पाप असाध्‍यै ठूलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिँ विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ', र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।10 यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्नेछैनँ । बरु म ती सबै तिनीहरूकै शिरमा खन्‍याइदिनेछु ।"11 हेर, त्‍यो सूती कपडा लगाएको र कम्मरमा कलम भिरेको मानिस आए । तिनले यसो भने, "तपाईंले मलाई आज्ञा गर्नुभएबमोजिम मैले गरेको छु ।"