39
यहूदाका राजाको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्‍दी गरे ।2 सिदकियाहको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो ।3 तब बेबिलोनका राजाका सबै अधिकारी अर्थात् नेबो-सर्सेकिम, सम्गर-नेबो र एक उच्‍च अधिकारी सर्सेचिम आएर मध्‍य ढोकामा बसे । नेबो-सर्सेकिम बेबिलोनका राजाका विशिष्‍ट अधिकारी थिए, र अरू बाँकी सबै अधिकारीहरू थिए ।4 जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बीचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे ।5 तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।7 तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे ।8 अनि कल्दीहरूले राजदरबार र मानिसहरूका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।9 राजाको अङ्‌गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे । कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए ।10 तर अङ्‌गरक्षकका कप्तापन नबूजरदानले केही नभएका सबै भन्‍दा गरीब मानिसहरूलाई यहूदा देशमा छाडे । त्‍यही दिन तिनले तिनीहरूलाई दाखबारी र खेतहरू दिए ।11 बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्‌गरक्षकका कप्तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,12 "तिनलाई लैजाऊ र तिनको राम्रो हेरचाह गर । तिनलाई कुनै हानि नगर । तिनले तिमीलाई भनेका हर कुरा गर्नू ।"13 त्‍यसैले राजाका अङ्‌गरक्षकका कप्तान नबूजरदान, उच्‍च नपुंसक नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्‍च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए ।14 तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बीचमा बसे ।15 यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,16 "कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यस सहरको विरुद्धमा भलाइ नभई विपत्ति ल्याएर मैले मेरा वचन पूरा गर्नै लागेको छु । त्‍यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन् ।17 तर त्‍यस दिन म तँलाईचाहिँ छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ ।18 किनकि म निश्‍चय नै तँलाई छुटकारा दिनेछु । तँ तरवारले ढालिनेछैनस् । तैँले ममाथि भरोसा गरेको हुनाले तेरो जीवन जोगिनेछ, यो परमप्रभु घोषणा थियो' ।"