7
प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन् ! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्नझैँ छन् ।2 तिम्रो नाभी वृत्ताकार कचौरा जस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको थुप्रो जस्तै छ ।3 तिम्रा दुई स्तनहरू दुई वटा पाठाहरू जस्ता छन्, हरिणका जुम्ल्याहा पाठाहरू जस्ता छन् ।4 तिम्रो घाँटी हस्ती-हाडको धरहरा जस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरू जस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहरा जस्तो छ ।5 कर्मेल डाँडा जस्तै तिम्रो शिर तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङ्गको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् ।6 हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ !7 तिम्रो उचाइ खजूरको रूख जस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् ।8 मैले भनेँ, "म त्यस खजूरको रूखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्नेछु ।" तिम्रा स्तनहरू दाखका झुप्पाहरू जस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् ।9 तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्नेहरूका ओठमा बग्ने सर्वोत्तम दाखमद्य जस्तै होस् । प्रेमिका प्रेमीसित बोल्दैः10 म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ ।11 हे मेरा प्रेमी, आउनुहोस् । हामी खेतबारीमा डुल्न जाऔँ; गाउँहरूतिरै रात बिताऔँ ।12 हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फूल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु ।13 दूधे-फूलहरूले आफ्नो बास्ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।