18
आफैलाई अलग गर्ने मानिसले आफ्नै इच्‍छाको खोजी गर्छ, र त्‍यसले सबै पक्का न्‍यायको विरोध गर्छ ।2 मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्‍यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्‍यो प्रसन्‍न हुन्‍छ ।3 दुष्‍ट मानिस आउँदा त्‍यससितै हेला, लाज र निन्‍दा पनि आउँछन् ।4 मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।5 दुष्‍ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्‍यायलाई इन्कार गर्नु राम्रो हो ।6 मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्‍यसको मुखले पिटाइ निम्त्‍याउँछ ।7 मूर्खको मुख त्‍यसको विनाश हो, र त्‍यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।8 कुरौटेका वचनहरू स्वादिष्‍ठ गाँसझैँ हुन्‍छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् ।9 आफ्नो काम गराइमा मन्‍द हुने व्यक्ति सर्वनाश गर्नेको भाइ जस्‍तै हो ।10 परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्‍यहाँ दौडेर जान्‍छ र सुरक्षित हुन्‍छ ।11 धनीको सम्पत्ति त्‍यसको किल्लाबन्‍दी गरिएको सहर हो, र त्‍यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्‍छ ।12 आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअघि विनम्रता आउँछ ।13 सुन्‍नअघि जवाफ दिनेको लागि त्‍यो त्‍यसको मूर्खता र लाज हो ।14 मानिसको आत्मा बिरामी अवस्थामा बाँच्‍नेछ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र ?15 विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ ।16 मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ ।17 प्रतिद्वन्‍दी अगाडि बढेर प्रश्‍नहरू नतेर्साएसम्म आफ्नो मुद्दाको पक्षमा वकालत गर्ने पहिलो व्यक्ति नै ठीक देखिन्‍छ ।18 चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्‍द्वीहरूलाई अलग गराउँछ ।19 बलियो सहरमाथि जित हासिल गर्नु भन्‍दा बरु चोट लागेको भाइलाई जित्‍न कठिन हुन्‍छ, र झगडा गर्नुचाहिँ किल्लाका बारहरूझैँ हो ।20 आफ्नो मुखको फलले त्‍यसको पेट भरिएको हुन्‍छ । त्‍यसको ओठको फसलले त्‍यो सन्‍तुष्‍ट हुन्‍छ ।21 मृत्‍यु र जीवन जिब्रोद्वारा नियन्‍त्रित हुन्‍छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खानेछन् ।22 पत्‍नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्त गर्छ ।23 गरीब मानिसले कृपाको लागि बिन्‍ती गर्छ, तर धनी मानिसले हतारमा जवाफ दिन्‍छ ।24 धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्‍छ, तर कुनै मित्रचाहिँ भाइ भन्‍दा पनि नजिक रहन्‍छ ।